(Friday 30th of October 2026)
`

आफ्नो अधिकार प्राप्तीका लागि आफै आवाज उठाउन आवश्यक : वन मन्त्री कलवार

  • सगरमाथा गन्तब्य
  • 7.3K
    SHARES

    नेपालगन्ज : लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार (सन्तु) ले कुनै पनि समाज, संघ संस्थाले आफ्नो अधिकारका प्राप्तीका लागि गुहार नमागेसम्म केही सुनवाई नहुने बताउनुभएको छ । बुधवार नेपालगन्जमा समाजिक न्याय सशक्तिकरण तथा सरोकारवाला विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै वन मन्त्री कलवारले यस्तो बताउनुभएको हो । आफ्नो अधिकार प्राप्तीका लागि आन्दोलनको खाँचो रहेको भन्दै “ मन्त्री कलवारले भन्नुभयो जबसम्म अधिकार प्राप्त हुदैन तबसम्म सम्बन्धित निकायको धोका घचघचाई राखे मात्र अधिकार प्राप्त हुने बताउनुभयो । एकल महिलाहरु पनि अधिकारबाट बञ्चित भएको अवस्था छ यसको लागि देशैभरका एकल महिलाहरु जागरुक हुन जरुरी रहेको उहाँले बताउनुभयो । ०७२ सालको संविधानसभामा सम्पुर्ण धर्म समुदायको माग सम्बोधन भएपनि एकल महिलालाई राज्यले छुटाएको उहाँले दावी गर्नुभयो । माग सम्बोधनको लागि अहिलेदेखि नै एकल महिलाहरु आवाज उठाउन अति आवश्यक रहेको उहाँले जानकारी गराउनुभयो । यस्तै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले एकल महिलाहरुको प्रभावकारी निती बनाउन आवश्यक रहेको धारणा राख्नुभयो । एकलमहिला आमा हुन उनिहरुलाई आत्मनिर्भर बनाउन सिपमुलक तालिम अपरिहार्य रहेको सहायक प्रमुख जिल्ला अधिकारी खत्रीले बताउनुभयो । कार्यक्रममा उनिहरुले आमाको नामबाट नागरिकता तथा जन्मदर्ता गराउन कठिनाईका भैरहेको दुखेसो पोखेका छन् । सुचनाको अभावका कारण राज्यको सेवा सुविधाबाट बञ्चित हुन परेको उनिहरुले बताएका छन् । राज्यबाट पाउने एकल महिला सामाजिक सुरक्षा भत्ताको सुनिश्चितता नभएको कारण पटक पटक भत्ताका लागि आवाज उठाउनु परेको उनिहरुले बताएका छन् । हरेक क्षेत्र वा स्थानिय तहमा एकल महिला आरक्षण कोटा छुट्याउनु पर्ने उनिहरुले माग राखेका छन् ।

    समग्र एकल महिलाहरुको सामाजिक न्याय सशक्तिकरण र सहभागिता अभिबृद्धि विकास प्रक्रियाका लागि योगदान भन्ने मुल नाराका साथ सुरु भएको दुई दिने दोश्रो लुम्बिनी प्रदेश स्तरिय भेला कार्यक्रमको अध्यक्षता मानव अधिकारको लागि महिला एकल महिला समुह लुम्बिनी प्रदेशका अध्यक्ष जानकी घिमिरे रहनुभएको थियो भने कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी दिपक पतली, नेपालगन्ज उपमहानरपालिका वडा नं. ९ का वडाअध्यक्ष गोविन्द रेग्मी, एकल महिला समुह बाँकेका अध्यक्ष एकमाया विक, निवर्तमान केन्द्रिय उपाध्यक्ष शोभा विसी, रुपन्देही जिल्लाका निवर्तमान अध्यक्ष राधिका श्रेष्ठ, एनजिओफेडरेशन बाँकेका महासचिव रमेश सिटौला लगायतले आ आफ्नो धारणा राख्नुभएको थियो । एकल महिला समुह नेपालको ७७ वटै जिल्लामा १५५० वटा गाउँपालिका तथा नगरपालिकामा समुह गठन रहेको छ भने १ लाखको हाराहारीमा एकल महिलाहरु सो समुहमा आवद्ध रहेका छन् । २० र २१ गतेसम्म चल्ने भेलाले लुम्बिनी प्रदेश नेपालगन्ज घोषणा पत्र सार्वजनिक गर्ने छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology