(Friday 30th of October 2026)
`

सफल सामुदायिक विकास केन्द्रद्धारा नेपालगन्जमा ईद मिलन तथा सेवई वितरण

  • सगरमाथा गन्तब्य
  • 8.7K
    SHARES

    बाँके । मुस्लिम धर्मावलम्बीहरूको महान पर्व ईद उल फित्र (ईद) पर्वको पावन अवसरमा ईद मिलन तथा सेवई वितरण कार्यक्रम गरिएको छ । सफल सामुदायिक विकास केन्द्र नेपालगन्जको आयोजनामा सोमवार नेपालगन्जको विपी चोक स्थित ईदगाह नजिक ईद मिलन तथा सेवई वितरण कार्यक्रम गरिएको हो । मुस्लिम समुदायको महान पर्व ईदको पावन अवसरमा भव्यका साथ ईद मिलन तथा सेवई वितरण गरिएको आयोजकले जनाएको छ ।
    ईद पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसँगै मनाइन्छ । ईद उल–फित्रको अर्थ पनि व्रत समाप्त गर्ने पर्व भन्ने लाग्छ । हिजरी संवतको रमदान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् । ईद पर्वमा अल्लाह (भगवान) का नाममा विशेष नमाज (प्रार्थना) गर्ने इस्लाम परम्परा छ । चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट अर्थात आज (सोमवार) मनाउने यसबर्ष परेको थियो । सोही अनुसार आज बाँकेको विपी चोकमा रहेको इदगाहमा सामुहिक नमाज पढि ईद मनाएका छन् । ईद मिलन तथा सेवई वितरण कार्यक्रमको सम्मन्वय तथा सहकार्य माही ज्वैलर्स, जैनब कास्मेटिक, जमाल हार्डवेयर ट्रेडर्स, बाँके टुल्स एण्ड ज्वैलरी बक्स सप्लायर्सले गरेका थिए । कार्यक्रममा हजारौं मुस्लिम हिन्दु धर्मावलम्बीहरुलाई सेवई वितरण गरिएको थियो । ईदको अवसरमा विभिन्न पार्टी, संघ संगठनले खानेपानी, हलुवा, चाउचाउ, चिसो लगायतका खानेकुरा वितरण गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology