(Friday 30th of October 2026)
`

बाँकेको खजुरामा माध्यमिक बिद्यालयहरुसँग पालिकास्तरिय बैठक

  • सगरमाथा गन्तब्य
  • 6.7K
    SHARES

    खजुरा : खजुरा गाउँपालिका अन्तरगतका सबै माध्यमिक बिद्यालयहरुसँग पालिकास्तरिय कार्यक्रम परिचयात्मक बैठक गरिएको छ । रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा बास नेपालद्वारा सञ्चालीत बालिका शिक्षा कार्यक्रम अन्तरगत उक्त बैठक सम्पन्न भएको हो । खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिकको अध्यक्षतामा भएको बैठकमा खजुरा गाउपालिकाको सबै माबि बिद्यालयहरुमा जलवायु कार्यक्रम सञ्चालन बारे जानकारी प्रदान गर्ने, जलवायु न्याय क्लबको बिषयमा साझा अवधारणाको बिकास गर्ने, शेसन सञ्चालनका लागि सम्पर्क शिक्षक तयार गर्ने बारेमा छलफल गर्र्ने र बिषयबस्तु र आगामी दिनमा पालीका स्थित सबै विद्यालयमा कसरी अगाडि बढ्ने उद्धेश्यले उक्त बैठक गरिएको हो । बैठकमा बोल्दै खजुरा गाउँपालिका सामाजिक विकास समिति संयोजक कृष्ण कुमारी पोख्रेलले बालिका शिक्षा कार्यक्रम निकै प्रभावकारी कार्यक्रम रहेकाले गाउँपालिकाले कार्यक्रमको निरन्तरताका लागि बजेट विनियोजन गर्दै निरन्तरता दिने योजना बनाएको बताईन् । उनले कार्यक्रम सञ्चालीत ५ ओटा बिद्यालयमा कार्यक्रमको प्रभावकारीता उपलब्धीपूर्ण रहेकाले प्रभावकारी कायक्रमलाई निरन्तरता दिने गरी पालिका अगाडी बढेको उनको भनाई थियो । बैठकमा बोल्दै खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर मल्लले बालिका शिक्षा कार्यक्रमले ल्याएको सकारात्मक प्रभावले पालिका सबै माबिमा कार्यक्रम विस्तार गर्न थालेको बताए । उनले रुम टु रिडले तयार पारेको पाठ्यक्रमलाई आधार मानेर रुम टु रीड र बास नेपालको प्राविधिक सहयोगमा कार्यक्रम अगाडी बढाउने योजनामा पालिका रहेको बताए ।

    अहिलेको आवश्यकता र नमुना बिद्यालयको अवधारणालाई अगाडी बढाउन जलवायु कार्यक्रमको निरन्तरता जरुरी रहेको उनको भनाई थियो । बैठकमा जलवायु न्याय कार्यक्रमले बिद्यालयमा पारेको प्रभाव र प्राप्त उपलब्धीका बिषयमा ज्ञानोद्धय नमुना माबि खजुराका प्रधानाध्यापक ऋषिराम सापकोटा, जनता नमुना माबिका प्रधानाध्यापक महेन्द्र बहादुर खत्री, जनसेवा माबिका प्रधानाध्यापक टंक दाहाल, जनकल्याण माबिका प्रधानाध्यापक भिम बहादुर थापा, सम्पर्क शिक्षक अम्बिका थापा, भानु माबिका सम्पर्क शिक्षक गिता अर्यालले जानकारी गराएका थिए भने अन्य सहभागि माबिका प्रअ र सम्पर्क शिक्षकहरुले कार्यक्रमलाई आआफ्नो बिद्यालयमा लागु गर्न तयार रहेको बताएका थिए । कार्यक्रमा सहभागि प्रअहरुले खजुरा गाउँपालिकाले कार्यक्रमलाई निरन्तरता दिनु खुसीको कुरा रहेको भन्दै रुम टु रिड र बास नेपालको सहयोग रिन्तर रहने विश्वास ब्यक्त गरे । जलवायु कार्यक्रम पाईलोट कार्यक्रम रहेकाले यसको प्रभावकारीता हेरेर निरन्तरता दिनुपर्नेमा उनीहरुको जोड थियो ।

    बास नेपाल बालिका शिक्षा कार्यक्रम संयोजक हेमराज भट्टले सहजिकरण गरेको कार्यक्रममा जलवायु न्याय क्लबको बारेको बारेमा जानकारी सहितको प्रश्तुतीकरण तथा सहभागिहरुले राखेका जिज्ञासाको समाधान रुम टु रिडका कार्यक्रम अधिकृत निरोज कोइरालाले गरेका थिए । बासका केन्द्रीय उपाध्यक्ष शिब कुमार बर्माले स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पारेका थिए भने धन्यबाद ज्ञापन बास नेपालका निर्वतमान अध्यक्ष रमेश सिटौलाले गरेका थिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिक, सामाजिक विकास समिति संयोजक कृष्ण कुमारी पोख्रेल, शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल, शिक्षा शाखाका निर्मल रेग्मी, रुम टु रिडका निरोज कोइराला, बास नेपालका केन्द्रीय निर्वतमान अध्यक्ष रमेश सिटौला, उपाध्यक्ष शिब कुमार बर्मा, कार्यकारी निर्देशक नमस्कार शाह, हेमराज भट्ट, प्रशासन तथा लेखा अधिकृत हंस बहादुर शाही, सिनियर सामाजिक परिचालक जमुना चौधरी, सबिता सुनार, शोभा थापा मगर, बिद्यालयमा प्रधानाध्यापक र सम्पर्क शिक्षक गरी ५० जनाको सहभागिता रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology