(Friday 30th of October 2026)
`

बाँकेका शाह बने गैसस महासंघ नेपालको केन्द्रीय सचिब

  • सगरमाथा गन्तब्य
  • 5.1K
    SHARES

    नेपालगन्ज : बास नेपालका कार्यकारी निर्देशक, युवा अभियन्ता नमस्कार शाह गैरसरकारी संस्था महासंघ नेपालको केन्द्रीय सचिब बनेका छन्। फागुन २६ र २७ गते काठमाडौँको राष्ट्रिय सभागृहमा सम्पन्न ११ औं राष्ट्रिय महाधिवेशन तथा ३०औं वार्षिक साधारणसभाबाट अर्जुन भट्टराईको अध्यक्षमा सर्वसम्मत चयन भएको नयाँ कार्यसमितिको सचिब पदमा शाह चयन भएका हुन्।
    नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नानीमाया थापा, उपाध्यक्षमा राजेन्द्र शर्मा र सञ्जय लम्साल चयन भएका छन् भने महासचिवमा देवी खड्का, उपमहासचिवमा भवराज रेग्मी र किरण थापा तथा कोषाध्यक्षमा गोविन्द शाही चयन भए । सात प्रदेशबाट प्रतिनिधित्व रहनेगरी ७ जना सचिव चयन भएका छन् । जसमा नमस्कार शाह, सरिता आङदेम्बे, रामचन्द्र साह, बुद्धशरण लामा, राजेन्द्रप्रसाद पौडेल, जजराज शाही र सु सावित्रा घिमिरे (बिक) सचिव बनेका छन् ।
    महासंघको केन्द्रीय सदस्यहरुमा ध्रुवप्रसाद देव, धर्मलाल रोकाय, लक्ष्मीकुमारी सिंह, धिरा खत्री, विजयकुमार प्रधान, धीरेन्द्रबहादुर सिहं, शोभा खानाल, बालकृष्ण ओझा, रघुबहादुर कठायत, हिरासिंह थापा, सुमन परियार, शिवप्रसाद शर्मा, नागेन्द्र दुवे, गौरा नेपाली, गंगा तामाङ, थिरबहादुर थापामगर, ठाकुरप्रसाद लोहागुन, शिशिर खनाल रहेका छन् ।
    यस्तै लखनलाल शाह केन्द्रीय सदस्य तथा कोशी प्रदेश इन्चार्ज, सिर्जना पौडेल केन्द्रीय सदस्य तथा कोशी प्रदेश सह–इन्चार्ज, यादव सरकार केन्द्रीय सदस्य तथा मधेश प्रदेश इन्चार्ज, रुवि मिश्रा केन्द्रीय सदस्य तथा मधेश प्रदेश सह–इन्चार्ज, पहलमान श्रेष्ठ केन्द्रीय सदस्य तथा बागमती प्रदेश इन्चार्ज, पार्वती घिमिरे केन्द्रीय सदस्य तथा बागमती प्रदेश सह–इन्चार्ज, गोपाल खड्का केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज, फुलमाया राना केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सह–इन्चार्ज, रीमा बिसी केन्द्रीय सदस्य तथा लुम्विनी प्रदेश इन्चार्ज, ठाकुर घिमिरे केन्द्रीय सदस्य तथा लुम्विनी प्रदेश सह–इन्चार्ज, विष्णुदेवी रावल केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज, कल्पना रावल केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सह–इन्चार्ज, प्रेमबहादुर महर केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज र कौशिला चौधरी केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश सह–इन्चार्ज चयन भएका छन् । बाँकी ३ जना केन्द्रीय सदस्य पछि मनोनित गरिने जानकारी प्राप्त भएको छ। महासंघको ११औं राष्ट्रिय महाधिवेशन, ३०औं वार्षिक साधारणसभा तथा राष्ट्रिय नागरिक सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रज्ञा प्रतिष्ठान कमलादीमा उद्घाटन गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology