नेपालगञ्ज, नेपालगञ्ज उपमाहानगरपालिका वडा नम्बर २० मा नेपाल रेडव्रmस सोसाइटी मनिकापुर उपशाखाको नवनिर्मीत भवन उद्घाटन भएको छ । प्रमुख अतिथि लुम्विनी प्रदेश सभासद माननिय मिना कुमारी बोहोरा सिद्धिकी र बिशिष्ठ अतिथि नेपाल रेडव्रmस सोसाइटी बाँके जिल्लाका सभापति गोवर्धन प्रसाद सिंहद्धारा संयुक्त रुपमा रिवन काटी उद्घाटन गरेका हुन । करिव २८ लाख लागतमा निर्माण भएको ५ कोठे पक्की भवन उपशाखाको २० औं उपशाखा सभामा उद्घाटन गरिएको हो ।
मनिकापुर उपशाखाका सभापति नवराज सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा बार्षिक प्रतिवेदन सचिव जगन्नाथ कडेलद्धारा प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष डिल्ली राज रेग्मीले पेश गरेका थिए । कार्यक्रममा अध्यक्ष सापकोटाले भवन निर्माणमा साथ र सहयोग गर्ने संपूर्ण दाताहरुलाई धन्यवाद व्यक्त गर्नु का साथै थप कार्य गर्नको लागी हौसला प्रदान भएको व्यक्त गर्दै अवका उपसाखाको गतिविधि आफ्नै भवन वाट गर्न पाउँदा निकै खुसी लागेको बताए ।
२०६१ साल भाद्र ९ गते तत्कालीन मनिकापुर,गनापरु बेलहरी र खास कारकाँदो गा.बि.स. कार्यक्षेत्र हुने गरि श्याम राज संस्थापक सभापति रहेको, बाँके जिल्लामा ७ औं उपसाखाको रुपमा गनापुर उपसाखा रहेको सचिव कडलेले प्रतिवेदनमा उल्लेख गरेका थिए । उनका अनुसार मनिकापुर उपसाखाको हाल नेपालगञ्ज उपमाहानगरपालिका वडा नम्बर २० र वडा नम्बर १८ कार्यक्षेत्र रहेको जसमा ३ सय ३ आजिवन सदस्य र ५९ जना साधारण सदस्य रहेको जनाएका थिए ।

लुम्विनी प्रदेशबाट १० लाख, नेपालगञ्ज उपमाहानगरपालिका बाट ३ लाख,बाँके जिल्ला रेडक्रस वाट १ लाख, नेपालगञ्ज उपमाहानगरपालिका वडा नम्बर २० वाट १ लाख र बाँकी स्थानिय संघ संस्था का साथै ब्यक्तिगत रुपमा दाताहरुवाट भवन निर्माणका लागी बजेट प्राप्त भएको कोषाध्यक्ष रेग्मीले आर्थिक प्रतिवेदनमा उल्लेख गरेका थिए । सभामा चन्दा दाताहरुलाई खादामाला प्रमाणपत्रद्धारा सम्मान गरिएको थियो भने प्रबुद्ध व्यक्ति, समाजसेवी, रेडव्रmस सोसाइटीका आजिवन सदस्य,सदस्य,युवा रेडक्रस सर्रकल,जुनियर रेडक्रस सर्रकलको उपस्तिथी रहेको थियो ।
