बर्दिया : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बर्दिया जिल्लाको अबिधेशन आज सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिव शम्भु प्रसाद थारुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको चौथो जिल्ला अधिवेशनमा पुन जनकराम चौधरी सर्वसम्मत अध्यक्ष चयन हुनुभएको छ ।
यस्तै महासंघको उपाध्यक्षमा विवश चौधरी, सचिवमा कैलाश श्रेष्ठ, कोषाध्यक्षमा लक्ष्मी थारु, सहसचिवमा विन्दु चौधरी सर्वसम्मत चयन भएका छन् । यस्तै सदस्यमा गणेश श्रेष्ठ, रमेश चौधरी, टेकराज चौधरी, महेशराम चौधरी, प्रमिला चौधरी, रामबहादुर चौधरी चयन भएका हुन् । अधिवेशनको उद्घाटन सत्र जनकराम चौधरीको अध्यक्षतामा भएको थियो भने कार्यक्रममा विभिन्न संगठनका प्रतिनिधि, पत्रकारहरुको उपस्थिति रहेको थियो ।

