(Friday 30th of October 2026)
`

राहत प्रक्रिया सजिलो बनाइ दिन बाँकेका वन्यजन्तु पिडितको माग

  • सगरमाथा गन्तब्य
  • 5.6K
    SHARES

    नेपालगन्ज : वन्यजन्तुबाट पिडीत बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ स्थित टिकुलीपुरका स्थानियले राहत प्रक्रिया सजिलो बनाइ दिन माग गरेका छन । उनीहरुले राहत प्रक्रियामा अन्य कागजात सँगै स्थायी लेखा नम्बर माग्दा समयमा राहत पाउन नसेकाले प्रक्रिया सहज बनाउन माग गरेका हुन । समुदायका लागि सञ्चार अभियान नेपाल (सीसीएन)ले आयोजना गरेको गोलघर सम्वादकार्यक्रम युएसएडको सहयोगमा द एसिया फाउन्डेशन मु्ख्य कार्यान्वयन संस्था रहेको युएसएड नागरिक समाजतथा सञ्चार कार्यक्रम अन्तर्गत ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि सीमान्तकृत समुदायको सबलीकरण’ अभियान मार्फत आयोजित कार्यक्रमका सहभागिहरुले यस्तो माग गरेको आयोजक संस्था सीसीएनले जनाएको छ । कार्यक्रममा स्थानियसिमा केसीले बाख्रा बाघले खाएको लामो समय सम्म पनि राहत पाउन नसकेको बताउनुभयो । उहाँले प्रक्रिया लामो र झन्झटिलो भएकोमा दुखेसो पोख्नुभयो ।

    कार्यक्रममा सिताराम जैसीले बंदेल र बाघले मात्रहोइन सुगाले पनि बाली खाएर नोक्सानी बेहोर्नु परेको बताउनुभयो । अर्का स्थानिय पदमी पुनले एलानी जग्गा भएका कारण पनि राहत पाउन नसकेकोमा दुःख व्यक्त गर्नुभयो । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ स्थित वन तथा वातावरण संरक्षण समन्वय समितिका अध्यक्ष कृष्ण केसीले स्थानियहरुका समस्या समाधानका लागि यो छलफलले सहयोग पुग्ने बताउनुभयो । उहाँले राहत प्रक्रियाका क्रममा भोगेका समस्या समाधानका लागि पहल गरिदिन आयोजक संस्था सीसीएनसँग माग गर्नुभयो । कार्यक्रममा बिषय विज्ञ प्रकाश उपाध्यायले मानव र वन्यजन्तु विचको द्वन्द न्युनिकरण, राहत प्रक्रिया र बिमा प्रक्रियाका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा ४० जनाको सहभागिता रहेको थियो । कार्यक्रम बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ टिकुलीपुर स्थित हरलाफाटा सामुदायिक वन उपभोक्ता समुहको भवनमा सम्पन्न भएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology