(Friday 30th of October 2026)
`

सगरमाथा गन्तव्य मिडियाले ग¥यो पत्रकार महासंघका नवनिर्बाचित पदाधिकारीहरूलाई सम्मान

  • सगरमाथा गन्तब्य
  • 7K
    SHARES

    नेपालगन्ज । सगरमाथा गन्तव्य राष्ट्रिय दैनिक तथा सगरमाथा गन्तव्य डटकमद्वारा नेपाल पत्रकार महासंघमा नवनिर्बाचितहरूलाई शुक्रबार नेपालगन्जमा सम्मान गरेको छ । सम्मान कार्यक्रममा सगरमाथा गन्तव्य राष्ट्रिय दैनिक तथा सगरमाथा गन्तव्य डटकमका प्रकाशक एव प्रधान सम्पादक कृष्ण जिसीले नेपाल पत्रकार महासंघ बाँके र प्रदेश समितीमा नवनिर्बाचित पदाधिकारी, सदस्य केन्द्रीय परिषद सदस्य, प्रदेश परिषद सदस्यहरूलाई मायाको चिनो प्रदान गरि सम्मान गरिएको थियो । कार्यक्रम सगरमाथा गन्तव्य राष्ट्रिय दैनिक तथा सगरमाथा गन्तव्य डटकमका प्रकाशक एव प्रधान सम्पादक कृष्ण जिसीको सभापतित्वमा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको थियो ।


    कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रिय परिषद सदस्य प्रेम केसी, कुमार श्रेष्ठ, खम्ब प्रसाद पुन, विनोद पौडेल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, सचिव गोविन्द शर्मा, सचिव सरला सुवेदी, सदस्य निर्मल आचार्य, पार्षद पवित्रा परियार, हरि ज्ञवाली, नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष नविन गिरी, उपाध्यक्ष तिलक गाउँले, उपाध्यक्ष करुणा शाह, सचिव कृष्ण ओली, सहसचिव रविन्द्र सिंह ठकुरी, भगतराम थारु, कोषाध्यक्ष सुनिल रेग्मी लगायत सदस्यहरु समिरमान श्रेष्ठ, कृष्ण अधिकारी, आशा परियार, धना केसी, सजन आरसी, रविन्द्र घिमिरे, सलामत अलि शेष, पहल केसी, सावित्रि विक, रजनी योगी लगायतलाई सम्मान गरिएको थियो । बधाई तथा शुभकामना कार्यक्रमको संचालन कौशल कुमार पाण्डेयले गर्नुभएको कार्यक्रमको स्वागत मन्तव्य भगतराम थारुले गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology