(Friday 30th of October 2026)
`

एमाले बाँकेद्वारा पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई

  • सगरमाथा गन्तब्य
  • 5.9K
    SHARES

    बाँके । नेपाल पत्रकार महासंघ बाँकेको नवनिर्वाचित पदाधिकारीसहित कार्य समिति सदस्यलाई आज एक कार्यक्रमका विच बधाई तथा शुभकामना दिएको छ । मङ्सिर २८ गते भएको पत्रकार महासंघ बाँकेको अधिवेशनबाट निर्वाचित पदाधिकारीसहित कार्यसमिति सदस्यलाई नेकपा एमाले बाँकेले बधाई तथा शुभकामना दिएको हो ।


    एमाले बाँकेकातिधज्ञ कार्यबाहक अध्यक्ष रत्न खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि एमालेका केन्द्रिय सदस्य तथा बाँके इन्चार्ज शान्ति ढकाल रहनुभएको थियो । नेपाल पत्रकार महासंघ बाँकेका नवानिर्वाचित पदाधिकारी अध्यक्ष नविन गिरी, उपाध्यक्ष रेजिना मल्ल, करुणा शाह, सचिव कृष्ण ओली, सहसचिव रविन्द्र सिंह ठकुरी, भगतराम थारु, कोषाध्यक्ष सुनिल रेग्मीलाई सम्मान गरिएको थियो । यस्तै सदस्यहरुमा कृष्ण अधिकारी, आशा परियार, धना केसी, सजन आरसी, रविन्द्र घिमिरे, सलामत अलि शेष, पहल केसी, सावित्रि विक, रजनी योगी, केन्द्रिय पार्षद खम्ब प्रसाद पुन, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, सचिव गोविन्द शर्मा, सदस्य निर्मल आचार्य, पार्षद पवित्रा परियारख लगायतका पदाधिकारीहरुलाई बधाई तथा सफलताको शुभकामना सहित सम्मान गरिएको थियो । कार्यक्रममा एमालेका केन्द्रिय सदस्य पशुपति दयाल मिश्र, एमाले बाँकेका कार्यकर्ता, नेता लगायतको सहभागिता रहेको कार्यक्रमको संचालन किशोर थापाले गर्नुभएको थियो । यस्तै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले पनि आज नवनिर्वाचित केन्द्रिय पार्षद, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका पदाधिकारी, जिल्लाका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई बधाई तथा शुभकामना प्रदान गरिएको थियो । बधाई तथा शुभकामना कार्यक्रमको आयोजना क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल प्रदेश नं. ६ ले गरेको थियो ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology