(Friday 30th of October 2026)
`

अनलाइन पत्रकार संघ बाँकेद्वारा पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई

  • सगरमाथा गन्तब्य
  • 6.1K
    SHARES

    संघका अध्यक्ष कमल न्यौपानेको अध्यक्षतामा भएको बधाई तथा शुभकामना कार्यक्रममा महासंघ बाँकेका नवनिर्वाचित अध्यक्ष नविन गिरीले पत्रकार र पत्रकारिता क्षेत्रका विकासका लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए । उनले पत्रकार र पत्रकारिता क्षेत्रमा पछिल्लो समय देखिएको विकृति, विसंगती विरुद्ध आवाज उठाउने बताउँदै पत्रकारको हकहितमा लाग्ने जिकिर गरे ।
    उनले कुनै राजनीतिक दलको प्रभावमा नपरि सवैलाई समान ब्यवहार गर्ने उद्घोष समेत गरे । कुनै विशेष राजनीतिक दलबाट निर्वाचनमा सहभागी हुनुपर्ने बाध्यता भएको औँल्याउँदै उनले निर्वाचन सम्पन्न भएपछि कुनै एउटा खास दलको मात्र प्रतिनिधि हुन नसक्ने बताए ।

    उनले नेपाल पत्रकार महासंघलाई देशकै नमुना शाखाको रुपमा स्थापित गर्न नयाँ नेतृत्वले भूमिका खेल्ने दावी गरे । ‘म अव एउटा खास दलको प्रतिनिधि नभई सवैको साझा भइसकेको छु । राजनीतिक आस्थाकै कारण कसैलाई काखा र कसैलाई पाखा गर्ने छैन,’ उनले भने ।

    संघका अध्यक्ष न्यौपानेले नेपाल पत्रकार महासंघलाई गतिशिल बनाउन सुझाव दिए । उनले राजनीतिक दलमा आस्था राख्नेहरुका कारण महासंघको बदनाम भइरहेको बताउँदै विगतमा भएका गल्ती नदोहोर्याउन आग्रह गरे । उनले समाचार लेखेकै कारण पत्रकार असुरक्षित बन्ने अवस्था सिर्जना भएको बताउँदै उनले पत्रकारको हकहित र अधिकार स्थापितका लागि गम्भिर हुनुपर्ने धारणा राखे । अधिवेशनमा देखिएको अस्वच्छ प्रतिस्पर्धालाई लिएर महासंघले दलिय आस्थाका आधारमा कसैलाई विभेद गर्न नहुने उनको भनाई थियो ।

    नेपाल पत्रकार महासंघ बाँकेका नवानिर्वाचित पदाधिकारी अध्यक्ष नविन गिरी, उपाध्यक्ष रेजिना मल्ल, करुणा शाह, सचिव कृष्ण ओली, सहसचिव रविन्द्र सिंह ठकुरी, भगतराम थारु, कोषाध्यक्ष सुनिल रेग्मीलाई सम्मान गरिएको थियो । यस्तै सदस्यहरुमा कृष्ण अधिकारी, आशा परियार, धना केसी, सजन आरसी, रविन्द्र घिमिरे, सलामत अलि शेष, पहल केस्री, सावित्रि विक, रजनी योगी लगायतका पदाधिकारीहरुलाई बधाई तथा सफलताको शुभकामना सहित सम्मान गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology