(Friday 30th of October 2026)
`

डुडुवा ६ मा शुरु भएको कालोपत्रे सडकको एमालेद्वारा अनुगमन

  • सगरमाथा गन्तब्य
  • 6.6K
    SHARES

    डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियामा शुरु भएको कालोपत्रे सडक निर्माणको नेकपा एमालेले अनुगमन गरेको छ । नेकपा एमालेका केन्द्रीय सदस्यद्वय पशुपति दयाल मिश्र र मोहम्मद हारुनको टोलीले अनुगमन गरेको हो । ओभरलोड बोकेर टिपर गुडेका कारण भोटासिल सडकमा खाल्डाखुल्डी भएपछि करिब साढे १२ सय मिटर सडक कालोपत्रे गर्न लागिएको डुडुवा ६ का वडाध्यक्ष मोहनराम मिश्रले बताए । उक्त सडकको किनारमा २ सय ५० मिटर नाली निर्माणको काम शुरु भइसकेको जानकारी दिँदै वडाध्यक्ष मिश्रले नाली निर्माण पुरा भएपछि सडक कालोपत्रे गर्न शुरु गरिने जानकारी दिए ।

    अनुगमनका क्रममा एमालेका केन्द्रीय सदस्य मिश्रले नाली निर्माणको शुरुवाती चरणको काम सन्तोषजनक रहेको बताए । तत्कालीन भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले उक्त सडक निर्माणका लागि १ करोड बजेट विनियोजन गरेका थिए । जसअन्तर्गत ५७ लाख १७ हजार ३ सय ५६ रुपैयाँमा ठेक्का सम्झौता भइ काम शुरु भएको वडाध्यक्ष मिश्रले बताए । उक्त सडक निर्माणको जिम्मेवारी पाएको राप्ती गणेश कन्स्ट्रक्शनले काम समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । अनुगमन टोलीमा एमालेका गाउँ इकाई कमिटि अध्यक्ष ओरीलाल मुराउ, नेता अशोक थापा क्षेत्रीलगायतका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology