(Friday 30th of October 2026)
`

अनेमसंघद्धारा दिप प्रज्वलन

  • सगरमाथा गन्तब्य
  • 6.8K
    SHARES

    नेपालगन्ज –  १६ दिने लैंगिक हिंसा विरुद्धको अभियान अन्तरगत पहिलो दिन मंशीर १० गते लैंगिक हिंसा न्यौनिकरणको निम्ती वि.पि.चोक र सेतुविक चोकमा अनेमसंघद्धारा दिप प्रज्वलन कार्यक्रम गरी सम्पन्न भयो । कार्यक्रममा अनेमसंघ केन्द्रिय सदस्य तथा बाँके इन्चार्ज अछरी पोखरेले १६ दिने लैंगिक हिंसा विरुद्धको अभियानको बारेमा जानकारी दिदै म हिंसा गर्दिन, म हिंसा सहन्न,म हिंसा हुन दिन्न भन्ने प्रतिबद्धता सबैमा हुन सके महिला हिंसा न्युनिकरण गर्न सकिने बताइन ।

    प्रमुख अथिति पोखरेलले यहि प्रतिवद्धता सहित पुरुषले सेतो रीवन लगाउन शुरुवात गरेको जानकारी गराइन । हामी सबैका प्रतिवद्धताःलैंगिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता भन्ने नाराकास यस बर्षको लैगिक हिंसा विरुद्धको अभियान नेभेम्वर २५ देखि डिसेम्वर १० सम्म १६ मनाइदै छ । अनेमसंघ जिल्ला अध्यक्ष मिना ढकालको अध्यक्षतामा सम्पन्न दिप प्रज्वलन कार्यक्रममा नेकपा एमाले केन्द्रिय लेखा आयोगका सदस्य विजया धिताल,नेकपा एमाले प्रदेश सदस्य हिरा खरेल, अनेमसंघ प्रदेश सदस्य तलत प्रवीण खान,अनेमसंघ जिल्ला कमिटि सदस्य जयन्ती खत्री,रमा गहतराजथ,शोभा विसी,रीना गुरुड., अनेमसंघ नगर सचिव रुक्मीणा भारति,अनेमसंघ नगर उपाध्यक्ष मैया तिवारी, सदस्य रीना गुरुड. विभिन्न संघसस्थाका व्यक्ति लगायतको सहभागीता रहेको थियो । महिला हिंसा विरुद्ध हामी सगसगै भन्ने मुल नाराका साथ अनेमसंघ बाँकेले १६ दिनसम्म संचालन हुने लैंगिक हिंसा विरुद्धको अभियानको सुरुवात ममबति बालेर गरेको छ । यस अघि नै अनेमसंघ जित्रल्लाको बैठक बसी ३ वटा क्षेत्र कोहलपुर खजुरा,जानकी नेपालगन्जमा छुट्टा छुट्टै १६दिने लैंगिक हिंसा विरुद्धका कार्यक्रम गर्ने निर्णय गरेको छ । यसैगरी नेपालगन्ज उपमहानगर पालिका महिला हिंसा विरुद्धको संजालले विपि चोकमा सशक्त महिला सेलले त्रिभुवन चोकमा पनि ममबति बालेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology