(Saturday 31st of October 2026)
`

समावसेवी थापा र पत्रकार दाहाल सम्मानित

  • सगरमाथा गन्तब्य
  • 6.2K
    SHARES

    नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिका ४ डि गाउँमा रहेको श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयले समाजसेवी लिल बहादुर थापालाई सम्मान गरेको छ । डि गाउँ निवासी थापा १७ वर्षयता अमेरिका बस्दै आएपनि नेपालमा रहेका दिन दुःखी, असाहय तथा पढ्न बाट बन्चीत बालबालिकाको पढाईका लागि अतुलनिय सहयोग गर्दै आउँनुभएको भन्दै विद्यालयले एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो । समाजसेवी थापा उक्त विद्यालयको पुर्व विद्यार्थि पनि हुन । लिल बहादुर थापाका बुवा स्व. गजबहादुर सिंजालीले स्थापना गरेको उक्त विद्यालयमा थापाले कक्षा ५ सम्म अध्ययन पुरा गरेका थिए । पुर्व विद्यार्थि समेत रहेका समाजसेवी थापाले घर आगन छेउमै रहेको विद्यालयलाई आफु अमेरिका रहेपनि सकेको सहयोग उपलव्ध गराउने प्रतिवद्धता जनाए । समाजसेवी थापा सगैं समाज र मानव सेवा तर्फ कलमका साथै उद्धार कार्यमा खटिने पत्रकार खगेन्द्र दाहाललाई विद्यालयले सोहि अवसरमा एकसाथ सम्मान गरेको थियो । बालबालिकाको शैक्षिक स्तर उकास्न सहयोगी बन्दै कलम चलाएको भन्दै विद्यालयले पत्रकार दाहाललाई सम्मान गरेको थियो ।

    पत्रकार दाहाल पनि सोहि विद्यालयका पुर्व विद्यार्थि हुन । डिजिटल मिडिया खबरगन्ज डट कममा प्रधान सम्पादकको रुपमा रहेका पत्रकार दाहालले परोपकारी पत्रकारीतालाई अंगाल्दै निमुखाको आवाज बनेकोले थप सक्रियता निभाउन हौसला स्वरुप सम्मान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओपेन्द्र खत्रिले जानकारी दिए । समाजसेवी थापा र पत्रकार दाहालले मिलेर दिन दुखिका घाउमा मल्लम लगाउने कार्य गरिरहेका छन । थापा नेपाल आएको अवसरमा खजुरामै एकल लगानी लगाएर डि गाउँका ७९ वर्षिय वृद्ध भिम बहादुर खत्रिको लागि बस्ने पक्की घर निर्माण गरि हस्तान्तरण गरिसकेका छन । त्यस्तै पत्रकार दाहालले सिमलघारीका दृष्टिविहिन जय बहादुर विकको घर पानीले भत्काएपछि अभियान संचालन गरि पक्की घर निर्माण गरिदिएर हस्तान्तरण गरिसकेका छन । साथसाथै दर्जनौ दिनदुखीका घरमा दुई महिना यता खाध्यान्न पुगाइसकेका छन । समाजसेवी थापा अमेरिका फर्किए लगतै खजुराको धवलागिरीमा आमा समुहका लागि भवन बनाइदिने प्रतिवद्धता समेत जनाइसकेका छन । पत्रकार दाहालको अगुवाई र सक्रियतामा समाजसेवी थापाको एकल लगानीमा आमा समुहको लागि भवन निर्माण हुनेछ । समावसेवी थापा बुधबार कर्मथलो अमेरिकाको लागि घर बाट जानेभएकाले पनि विद्यालयले सम्मान सहित विदाई कार्यक्रम राखेको हो । कार्यक्रममा खजुरा गाउँपालिका वडा नमबर ४ का वडाध्यक्ष टेक बहादुर रोका क्षेत्री, विद्यालयका प्रध्यानाध्यापक नरेन्द्र मल्ल, समाजसेवी धनसिंह राना, विद्यालयका शिक्षक विद्यार्थि लगाएतको उपस्थिती रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology