वाचन शिरोमणी पं दीनबन्धु पोखरेलको प्रमुख वाचनमा हुने आध्यात्मिक महोत्सवको दोस्रो दिनमा ३२ लाख बढी आर्थिक संकलन भएको आर्थिक संयोजक कृष्णप्रसद श्रेष्ठले जानकारी दिए । आजपनि पंडित पोखरेलको प्रवचनका बीचमा उँहाको संगीत मण्डलीबाट विभिन्न आलङ्कारिक नाट्य प्रदर्शन गरेकोे थियो ।
त्यसैगरि आजै वैकुण्ठधाम आध्यात्मिक महात्सवमा दाङ घोराहीका डा. किर्तीपाल सुबेदीबाट २ लाख २२ हजार २२२ रुपैयाँ, कोहलपुर १४ का पेट्रोलियम व्यवसायी टि.पी न्यौपानेबाट १ लाख ५१ हजार १५१ रुपैयाँ, नेपालगन्ज १८ का राजनीतिकर्मी तथा व्यवसायी गोपाल प्रसाद अधिकारीबाट १ लाख ११ हजार १११ रुपैयाँ, नेपालगन्ज १२ का उद्यमी संजिव बस्नेतबाट १ लाख १ हजार रुपैयाँ प्रदान गर्नु भएको श्रेष्ठले जानकारी दिए ।

आजको यज्ञमा खजुरा ४ का उद्यमी उत्तमराज घिमिरेबाट ५१ हजार रुपैयाँ, नेपालगन्ज २ का दयाराम पाण्डेबाट ३१ हजार ५५० रुपैयाँ र नेपालगन्ज २ कै नारायष्ण प्रसाद पाण्डेबाट ३१ हजार ५५१ रुपैयाँ प्रदान गरेका छन ।
दानकर्ताहरुलाई आयोजकबाट नौमतिबाजा सहित रथारोहण सहित महायज्ञ स्थलमा स्वागत र सम्मान गरिएको थियो । दाताहरुलाई प्रमुख वाचक पं पोखरेलले टीका, दोसल्ला, माला र प्रमाणपत्र प्रदान गर्र्दै सम्मान प्रकट गरेका थिए ।
सिधनियाघाटमा दाहसँस्कार गर्ने घाटसहितको संरचना निर्माण गर्ने उद्देश्यका साथ आध्यात्मिक महोत्सव सुरु भएको हो । उक्त आध्यात्मिक महोत्सव कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ । महोत्सव सञ्चालनका क्रममा हरेक दिन दाताहरुबाट प्राप्त भएको दानलाई सार्वजनिक गरिने मुल समितिका कोषाध्यक्ष श्रेष्ठले बताए । उनले वैकुण्ठधाम निर्माणका लागि दान गर्न चाहनेहरुका लागि महोत्सवस्थलमा क्युआर, नगदी रसिद र बैंक खाता उपलब्ध गराइएको बताए ।
महोत्सव अवधिको हरेक दिन बिहान ५ बजेदेखि ६ः३० बजेसम्म योगा, ८ बजेबाट १० बजेसम्म पूजाअर्चना र पाठपारायण, ११ बजेदेखि झाँकीसहित सङ्गीतमय भागवत कथा प्रवचन, त्यसलगत्तै आरती र पुष्पाञ्जली, ७ः१५ देखि ९ बजेसम्म भजन कीर्तनसहितको श्रीमद्भागवत महात्म्य वाचन हुने मुल समितिका संयोजक डा. सुरेश कुमार कानोडियाले जानकारी दिए ।
महोत्सवमा इच्छुक श्रद्धालु भक्तजनबाट ब्रतबन्ध, लाखबत्ती प्रज्ज्वलन, तुलादान, भूमिदान, गौदान, चौरासीपूजा गर्न गराउन सक्ने व्यवस्था मिलाइएको मुल समितिका महासचिव श्रीराम सिग्देलले बताए ।

महोत्सवबाट संकलन भएको रकमबाट बाँकेको डुडुवा ५ सिधनियाघाटमा आधुनिक सुबिधासम्पन्न दाहसंस्कार स्थल (वैकुण्ठधाम) निर्माण गर्ने आयोजकको लक्ष्य रहेको छ । धामलाई स्तरउन्नती गर्दै विद्युतिय दाहसंस्कार समेत निर्माण गर्ने योजना रहेको संयोजक कानोडियाले बताए ।
