(Friday 30th of October 2026)
`

समसुल हक राई नेपाली काँग्रेसमा प्रबेश

  • सगरमाथा गन्तब्य
  • 7.3K
    SHARES

    नेपालगन्ज : समाजसेवी तथा युवा नेता समसुल हक राई नेपाली काँग्रेसमा प्रबेश गर्नुभएको छ । लामो समय जनता समाजवादी पाटीमा रहेर काम गरेका समसुल मंगलवार एक कार्यक्रमका विच नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको हो । जसपामा जिल्ला प्रवक्ता, प्रदेश सदस्य तथा पुर्व मन्त्री इस्तियाक अहमद राईको स्वकिय सचिव समेत भैसक्नु भएका समसुल एक भव्य कार्यक्रमका विच काँग्रेसमा प्रवेश गर्नुभएको छ । ०७९ सालको स्थानिय चुनावमा स्वतन्त्रबाट उम्मेदवारी दिएका समसुल पछिल्लो समय कुनै पाटीमा सक्रिय भुमिका निभाउनु भएको थिएन । नेपाली काँग्रेसको भातृ संगठन नेपाल मुस्लिम समाज बाँकेले आयोजना गरेको नेता कार्यकर्ता भेटघाट कार्यक्रम तथा सम्मान कार्यक्रममा उहाँ पाटी प्रवेश गर्नुभएको हो । उहाँलाई नेपाली काँग्रेसका सह महामन्त्रि तथा प्रतिनिधि सभा सदस्य किशोर सिंह राठोरले पाटीको सदस्यता दिनुभएको छ । कार्यक्रममा नेपाल नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology