(Friday 30th of October 2026)
`

नेपाली काँग्रेस बैजनाथ ७ पेडारीले ग¥यो दिपावलीको शुभकामना आदनप्रदान

  • सगरमाथा गन्तब्य
  • 9.5K
    SHARES

    नेपालगन्ज : बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ७ पेडारीमा आइतवार शुभ दिपावलीको पावन अवसरमा शुभकामना आदनप्रदान तथा सांस्कृतिक कार्यक्रम गरिएको छ । थारु संस्कृतिको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन गरौं भन्ने मुल नाराका साथ दिपावलीको शुभकामना आदनप्रदान कार्यक्रम गरिएको हो ।
    नेपाली काँग्रेस बैजनाग गाउँपालिका गाउँपालिका वडा नं. ७ को आयोजना तथा प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेसका केन्द्रिय सहमहामन्त्री किशोर सिंह राठौंरको सहयोगमा शुभकामना आदनप्रदान तथा सांस्कृतिक कार्यक्रम गरिएको हो । शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य राठौंरले बोल्नु भन्दा काममा विश्वास राख्ने मेरो बानी रहेको हुनाले विकास निर्माणका कामलाई तिव्र गतिमा लैजाने प्रतिवद्धता जनाउनुभएको छ । मेरो क्षेत्र मात्र होइन अन्य क्षेत्रमा पनि मैले बजेट विनियोजन गराएर काम अगाडी बढाएको छु उहाँले भन्नुभयो । जनतासामु निर्वाचनमा वाचा गरेका प्रतिवद्धताहरु एकपछि एक पुरा गर्दै आएको छु उहाँले भन्नुभयो । बबईको पानी मानखोलामा ल्याउने पहल भैरहेको छ यो काम पनि छिट्टै हुने उहाँले बताउनुभयो । हिमालको पानी नेपालगन्जसम्म पुगाउने प्रतिवद्धता गर्नुभयो ।


    जनताले साथ दिए र बचन दिएको वाचा निर्वाचित भएपछि यो पुरा गर्दैछु उहाँले भन्नुभयो । देशमा आर्थिक मण्डिले थलापरे पनि विकास निर्माणका कामलाई गति दिएको छु । एकैसाथ सवै पुरा गर्न नसकिएला तर विस्तारै सबै काम गरेर देखाउने उहाँले बताउनुभयो । अहिले जनतासामु वाचा पुरा गर्न पाउदा जनता पनि खुसी म पनि खुसी छु उहाँले भन्नुभयो ।
    नेपाली काँग्रेस बैजनाथ गाउँपालिका गाउँपालिका वडा नं. ७ का सभापति बलिराम थारुको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य किशोर सिंह राठौंर रहनुभएको थियो । कार्यक्रममा नेपाली काँग्रेस बर्दियाका सचिव मिनराज चौधरी, बाँकेका सहसचिव विनोद थारु, महाधिवेशन प्रतिनिधि भावना चौधरी, जिल्ला सदस्य सिताराम थारु, लालता देवि थारु, प्रदेश सभा क्षेत्र नं. ३ बाँकेका उपसभापति कन्हैलाल थारु, बैजनाथ गाउँपालिकाका उपसभापति गोपाल थारु, नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य श्रीदेवी थारु, बरघर मुक्ती प्रसाद थारु, राष्ट्रिय थारु कलाकार मञ्च लुम्बिनी प्रदेशका उपाध्यक्ष सुनिता दहित लगायतका बुद्धिजिवी, अगुवा, स्थानियवासी पत्रकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा बैजनाथ गाउँपालिका वडा नं. ७ पेडारीका थारु हुरदुङवा नाच तथा नृत्य प्रस्तुत गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology