(Friday 30th of October 2026)
`

चाडपर्व सुरक्षित बनाउका लागि बाँकेमा एक हजार प्रहरी परिचालन

  • सगरमाथा गन्तब्य
  • 5.9K
    SHARES

    बाँके : भएरहित तरिकाले दशै तिहार जस्ता ठुला पर्वहरु बनाउका लागि प्रहरीले बाँकेमा विशेष सुरक्षा योजना कार्यान्वनमा ल्याएको छ । दसैँ तिहार र छठलगायतका चाडपर्वमा हुनसक्ने विभिन्न आपराधिक घटना रोक्ने र शान्ति सुरक्षा कायम गर्ने लक्ष्यसहित बाँकेमा चाडपर्व विशेष सुरक्षा योजना लागु गरिएको छ ।
    सबै जनसाधारणलाई सुरक्षा दिई राज्य रहेको अनुभूति गराउनका लागि सुरक्षा योजना लागु गरिएको हो । अपराध र गैर कानुनी कार्य रोक्नका विशेष सुरक्षा योजना तयार गरेर लागु गरेको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले बताए । जिल्लाको सुरक्षा व्यवस्थालाई ध्यान राखेर थप प्रहरी परिचालन गरिएको पनि बताए । सो विशेष सुरक्षा योजना कार्यान्वयनका लागि जिल्लाभर एक हजारभन्दा बढी प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । विशेष सुरक्षा योजनाअन्तर्गत एकजना प्रहरीले दैनिक कम्तीमा १६ घण्टा ड्युटी गर्नुपर्नेछ । यसअघि दैनिक ८ देखि १२ घण्टासम्म ड्युटी गर्दै आइरहेका प्रहरीलाई १६ घण्टा ड्युटीमा खटाइने योजना बनाइएको छ ।
    चाडपर्वको बेला १५ प्रकारका अपराध हुनसक्ने प्रहरीको आङ्कलन छ । बाँके जिल्लामा सबैभन्दा धेरै चोरीका घटना हुन्छन् । चाडपर्वमा पाकेटमारी, ठगी, लुटपाट, स्न्याचिङ, कुटपिट, झैझगडा, गुण्डागर्दी, सवारीमा भाडा वृद्धि, कालोबजारी, खाद्य पदार्थको कृत्रिम अभाव, विस्फोटक पदार्थको अवैध कारोबार र घरेलु मदिराको प्रयोगबाट अपराधका घटना हुनसक्ने प्रहरीको विश्लेषण छ । त्यस्तै सवारी दुर्घटना, ध्वनि प्रदूषण र सार्वजनिक यातायातमा हुनसक्ने महिला हिंसाको घटनालाई पनि न्यूनीकरण गर्नेगरी सुरक्षा योजना तयार गरिएको एसपी कार्कीेले बताए ।
    पिकेट, हाइवे चेकिङ, एम्बुस चेकिङ, डग स्न्यापिङ, विशेष टोली (सादा पोसाक), सरप्राइज चेकिङ, मोबाइल गस्ती, पैदल गस्ती, सीसीटिभी निगरानी, स्कटिङ, काउन्टरपार्ट्स र क्वीक रिस्पोन्स टिम परिचालन गरिएको बताए । सोही प्रकारले बाँकेको तीन ठाउँमा यात्रु सहायता कक्ष स्थापना गर्ने निर्णय भएको छ । जमुनाहा नाका, नेपालगन्ज बस पार्क र कोहलपुर बस पार्कमा सहायता कक्ष स्थापना गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चाडपर्वमा सहरभन्दा गाउँघरमा मानिसको चहलपहल बढी हुने भएकोले गाउँमा समेत सुरक्षालाई बलियो बनाइएको प्रहरीले जनाएको छ । विशेष सुरक्षा योजनाअन्तर्गत अपराध बढी घटेका स्थान र घट्न सक्ने सम्भावित स्थान लगायतमा सादा पोसाकमा पनि प्रहरी परिचालन, सूचना सङ्कलन तथा उच्च निगरानी सुरु गरिएको जनाइएको छ ।
    यसैबिच चाडपर्वको बेला लागु औषधको ओसारपसार बढ्ने आशङ्का भएकोले कोहलपुरमा तालिमप्राप्त कुकुर परिचालन गरेर चेकजाँचमा तीव्रता दिइएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीले चाडबाडका बेलामा बजार, बसपार्कलगायतका सार्वजनिक स्थलहरूमा मानिसहरूको भीडभाड बढी हुने हुँदा लागूऔषधको ओसारपसार बढ्ने आशङ्का रहेकोले सो नियन्त्रणका लागि तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरिएको बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology