(Saturday 25th of July 2026)
`

नेपाल खेलकूद महासंघ नेपालगंज नगर अध्यक्षमा चौधरी सर्वसम्मत चयन

  • सगरमाथा गन्तब्य
  • 5.7K
    SHARES

    शिवेन्द्र भण्डारी : नेपालगंज, – आईटीएफ तेक्वाण्डोका प्रसिक्षक राजु चौधरी नेपाल खेलकूद महासंघ नेपालगंज उपमाहानगरपालिका कमिटीको अध्यक्षमा सर्वसम्मत चयन भएका छन । नेपाल खेलकूद महासंघ बाँके दिल्ली कमिटी का अध्यक्ष होम बहादुर सुनारको अध्यक्षतामा भएको प्रथम नगर अधिवेशनमा पदाधिकारी सहित १९ सदस्य कार्यसमिति निर्वाचित गरेको हो । शनिवार नेकपा एमाले जिल्ला पार्टी कार्यालय मा आयोजित कार्यक्रले उपाध्यक्षमा क्रिष्ण परियार ,सचिवमा सालिया हास्मि, कोषाध्यक्षमा सोनु केवट ,उप सचिव मां सहिल सेख र १४ जना सदस्य रहने गरि कार्यसमिति चयन गरिएको महासंघ का अध्यक्ष सुनारले जानकारी दिनुभयो । नेपाल खेलकूद महासंघ स्थाई कमिटी सदस्य लुम्बिनी प्रदेश ईन्चार्ज तथा नेकपा एमाले लुम्बिनी प्रजेस कमिटी सदस्य कृष्णा पाठक प्रमुख अतिथि रहेको कार्यक्रम मा नेकपा एमाले केन्द्रीय अनुशासन आयोग सदस्य तथा सम्बिधान सभा सदस्य देवराज भार बिषेश अतिथि रुपमा मन्तब्य राख्नुभएको थियो ।एमाले दिल्ली कमिटी सचिव बलराम भट्टराई ,नेकपा एमाले नेपालगन्ज उपमाहानगरपालिकाका अध्यक्ष मोहित शाह कार्यक्रम सफलता को शुभकामना दिनुभएको थियो ।
    शोही दिन मदन भण्डारी फाउंडेशनको २५ औ स्थापना दिवस तथा रजत जयन्ति कार्यक्रम सम्बन्धमा बिचारी गोष्टी एमाले जिल्ला पार्टी कार्यालय मा फाउंडेशनका अध्यक्ष पदम बहादुर धितालको अध्यक्षता सम्पन्न भएको थियो ।उक्त कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा बाँके दिल्ली ईन्चार्ज शन्ति ढकाल, केन्द्रीय सदस्य तथा संघीय साम्सद माननिय सूर्य ढकाल ,सम्बिधान सभा सदस्य देवराज भार द्वारा नेपाली कम्युनिस्ट आन्दोलन र मदन भण्डारीद्वारा प्रतिपादित मार्गदर्शक सिद्धांत जनता को बहुदलीय जनवादको सान्दर्रभिकता र अपरिहार्यता को बिषयमा आ-आफ्नो भनाईहरु राख्नु भएको थियो । कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्यहरु , बाँके जिल्ला कमिटी अध्यक्ष निरक गुरुंग ,जिल्ला कमिटी सदस्यहरु तथा फाउंडेशन का सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology