(Friday 30th of October 2026)
`

जनतामा ट्राफिक प्रहरीप्रतिको नकारात्मक दृष्टिकोणलाई सुधार्ने छौं : ट्राफिक प्रमुख पन्त

  • सगरमाथा गन्तब्य
  • 5.7K
    SHARES

    नेपालगन्ज, बाँके — बाँकेका ट्राफिक प्रहरी प्रमुख पुष्कर राज पन्तले ट्राफिक व्यवस्थापन सहज बनाउने बताउनुभएको छ । कैलालीको धनगढीबाट सरुवा भएर बाँके आउनुभएका पन्तले आफ्नो जिम्मेवारी सम्हाल्दै ट्राफिक व्यवस्थापनलाई सहज बनाउने बताउनुभएको हो । बाँके ट्राफिक व्यवस्थापनमा सुधार गर्न ट्राफिक प्रहरी प्रमुख पन्तले ट्राफिक प्रहरीको इन्चार्जका रूपमा जिम्मेवारी पाउनुभएको छ । पन्तले सोमवार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर ट्राफिक व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन सवारी चालकहरुमा सचेतना जगाउनुपर्ने बताउनुभएको छ । पत्रकार सम्मेलनमा, ट्राफिक व्यवस्थापनका प्रमुख समस्याहरूका बारेमा चर्चा गरिएको थियो ।
    उहाँ भन्नुहुन्छ “यदि नेपाल सरकारको ऐन कानुनले दिएका काम मात्र राम्रोसँग पालना गर्यौं भने ट्राफिक व्यवस्थापन आफै सहज हुन्छ । ट्राफिक व्यवस्थापनका लागि कुनै छुट्टै योजना बनाउनै पर्देन । “पन्तले जनतामा ट्राफिक प्रहरीप्रतिको नकारात्मक दृष्टिकोणलाई सुधार्न समुदायसँग नजिकिनु पर्ने कुरामा जोड दिनुभएको छ । जनशक्ति र समन्वयको अभावलाई प्रमुख चुनौती औल्याउँदै ट्राफिक नियमको कडाइका साथ पालना गराउनुपर्ने बताउनुभयो ।
    पन्तका अनुसार, ट्राफिक नियमको पालन मात्रै पर्याप्त नहुने र यसका लागि सडक विभाग, स्थानीय प्रशासन तथा अन्यतिधज्ञ सरोकारवालासँगको सहकार्य आवश्यक छ । “प्रमुख पन्तले ट्राफिक लाइटहरूको बिग्रिएको अवस्थाबारे पनि चिन्ता व्यक्त गर्दै, “ट्राफिक लाइटहरू मर्मत गरी काठमाडौँबाट अनुमति लिनुपर्ने बाध्यता छ, जसले कार्यमा ढिलासुस्ती ल्याएको छ ।“ ट्राफिक लाइटहरू अबको केही दिनमै सञ्चालनमा आउँछ उहाँले भन्नुभयो । नेपालगञ्ज र कोहलपुरमा अव्यवस्थित अटो पार्किङ र जथाभावी फलफुलका ठेलाहरू पनि दुर्घटनामा मुख्य कारण भएकाले ट्राफिक प्रहरीले यस बिषयमा बिशेष ध्यान दिने उहाँले प्रतिबद्धता जाहिर गर्नुभयो ।
    ट्राफिक प्रहरी प्रायः राजस्व संकलनमा मात्र ध्यान दिनु र सचेतनामूलक कार्यक्रमको कमीको गुनासो पनि उठाइएको छ यसलाई समाधान गर्ने उहाँले जानकारी गराउनुभयो । ट्राफिक प्रहरीहरूले चेकजाँच गरि फाइन त लगाउँछन्, तर जनचेतना दिने कार्यमा कमी देखिएको हुनाले यसमा पनि प्रथामिकता कायम गर्ने उहाँले जानकारी गराउनुभयो । प्रमुख पन्तले जनतालाई ट्राफिक नियमहरूको बारेमा सचेत बनाउने कामलाई प्राथमिकता दिनुपर्ने आवश्यकता व्यक्त गर्दे अगामी दिनमा यी कुराहरुलाई ध्यानमा राखेर कार्यक्रम तथा कार्य गरिने जानकारी गराउनुभयो । नयाँ इन्चार्जको आगमनसँगै बाँकेमा ट्राफिक नियम उल्लंघन गर्नेहरूमाथि थप कडाइ गरिने र ट्राफिक व्यवस्थापनमा सुधार आउने उहाँले अपेक्षा राख्नुभएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology