(Friday 30th of October 2026)
`

कमैया महिला जागरण समाज नेपालको अध्यक्षमा कृष्णी थारु निर्विरोध निर्वाचित

  • सगरमाथा गन्तब्य
  • 8.4K
    SHARES

    जनक चौधरी – कमैया महिला जागरण समाज नेपालको ५ औं अधिवेशन तथा साधारण सभा बुधवार गुलरिया बर्दिया सम्पन्न भएको छ ।
    मुक्त कमैया महिलाहरूको अधिकार र पहुँचमा वृद्धि गर्नका लागि विगत लामो समयदेखि समाज रूपान्तरणका लागि काम गर्दै आएको एक गैरसरकारी संस्था हो ।
    संस्थाको पाँचौं अधिवेशन तथा साधारण सभा भव्य र सभ्य रूपमा सम्पन्न भएको छ । सो कार्यक्रम मा लुम्बिनी प्रदेश सभा को पूर्व उपसभामुख कृष्ण थारुको प्रमुख अतिथ्यमा तथा कमैया महिला जागरण समाज नेपालको अध्यक्ष विष्णु थारुको अध्यक्षतामा सञ्चालन भएको हो ।
    कार्यक्रम सञ्चालन संस्थाको सचिव मिना चौधरी गर्नुभएको थियो भने आगन्तुक पाहुनाहरूलाई स्वागत संस्थाको उपाध्यक्ष श्री कस्तुरिया डगौरा थारु गर्नुभएको हो ।
    विशेष अतिथि राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापति थारु, अतिथिहरुमा बढैयाताल गाउँपालिका–९ का वडाध्यक्ष बिर बहादुर थारु, यसैगरी विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, मुक्त कमैया समाजका प्रमुख तथा प्रतिनिधिहरु, संस्थाका कार्यसमिति सदस्यहरु तथा साधारण सदस्यहरु यसैगरी संस्थामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो ।
    अधिवेशनले कृष्णी थारुको नेतृत्वमा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको अध्यक्षमा कृष्णी थारु, उपाध्यक्षमा मञ्जु चौधरी, सचिवमा मीना चौधरी, कोषाध्यक्षमा तुलसी चौधरी चयन हुनुभएको छ । यसैगरी रीमा थारु सदस्य, राजकुमारी चौधरी सदस्य, सम्झना चौधरी सदस्य रहेका छन् ।
    उक्त अधिवेशनमा निर्वाचन मण्डलको संयोजक नेपाल बार एसोसियन बर्दियाका अध्यक्ष तथा संस्थाका कानुनी सल्लाहकार कमल प्रसाद पाण्डेले गर्नुभएको थियो । यसैगरी नवनिर्वाचित अध्यक्ष थारुले आउँदा दिनहरूमा संस्था लाई अझै पारदर्शी र समावेशी बनाई मुक्त कमैयाहरूको समस्या चुनौतीहरूको बारेमा स्थानीय सरकारसँग समन्वय गरी कमैया महिलाहरूको सबै खाले समस्यालाई समाधान गर्ने र विभिन्न सरोकारवाला निकायहरूसँग समन्वय गरी संस्था विकासको लागि आफू लागिपर्ने भन्ने कुराको जानकारी संस्थाका कार्यक्रम संयोजक रमेश कुमार चौधरीले जानकारी गराउनुभएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology