(Friday 30th of October 2026)
`

बाँके डान्स आइडलको उपाधी चुम्न सफल भए सुप्रिम

  • सगरमाथा गन्तब्य
  • 5.9K
    SHARES

    नेपालगन्ज : बाँके डान्सिङ्ग स्टार २०८१ को उपाधि कोहलपुरका सुप्रिम पाण्डेले हात पार्नुभएको छ । बाँके डान्स आइडलको फाइनल राउण्डमा पाण्डेले नगद ५० हजार सहित ट्रफि हात पार्नुभएको हो । कला तपाईको मञ्च हाम्रो भन्ने नाराका साथ प्रतियोगिताको फाइनल राउण्ड राँझा स्थित नमस्ते रेष्टुरेण्टमा भएको थियो ।
    बाँके डान्स स्टार आइडल प्रतियोगिताको फाइनल राउण्डमा २० जना प्रतिस्पर्धीले प्रतिस्पर्धा गरेका थिए । २० जना प्रतिस्पर्धीलाई उछिन्दै कोहलपुरका सुप्रिम पाण्डेले बाँके डान्स आइडलको उपाधी चुम्न सफल हुनुभयो ।
    यस्तै बाँके डान्स आइडलका दोश्रो उपाधी चुम्म सफल नेपालगन्जका गरिश्मा रानाले प्राप्त गर्नुभएको छ भने तेश्रो उपाधी राँझाका सुबिका शर्माले हात पार्नुभयो । प्रथम, द्धितिय र तृतिय हुनेलाई आयोजकले क्रमश ५० हजार, ३० हजार र २० हजारको चेक हस्तान्त्रण गरेको छ । २ सय १० प्रतिस्पर्धी मध्ये फाईनल राउण्डमा २० जना प्रतिस्पर्धी पुग्न सफल भएका थिए । प्रथम र दोश्रो अडिसन नेपालगन्ज र कोहपुरमा भएको थियो ।


    फाइनल राउण्डमा चर्चित मोडल तथा कलाकार खगेन्द्र नेपाल, अक्ष्य थारु, सर्मिला पुन मगरले जज गर्नुभएको थियो । प्रतियोगिताले बाँकेको कला सांस्कृतिकलाई प्रोत्साहन गर्नलाई सहयोग पु¥याउने प्रतियोगिताका संयोजक दिपक बर्माले बताउनुभयो । स्थानिय स्तरमा रहेका प्रतिभाहरुको खोजि गर्न बाँके डान्स आइडलको आयोजना गरीएको हो । पहिलो अडिशनमा २ सय १० जना प्रतिस्पर्धी सहभागी भएका थिए ।
    डान्स आइडलमा स्थानिय कलाकारहरुको उत्साहजनक सहभागीता रहेको आयोजकले जानकारी गराएको छ । आयोजकले अबका अडिशन अझ बढी प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने जनाएको छ । डान्स प्रतियोगितामा अतिथी तथा भाग लिएका सहभागी सम्पुर्णलाई मायाको चिनो आयोजकले प्रदान गरेको थियो । श्री सहयात्री कलाकेन्द्रको आयोजनामा भएको बाँके डान्सिङ आइडल सिजन २ को स्पोन्सर ल्याण्डमार्क एजुकशनल कल्सल्टेन्सीले गरेको थियो भने पोष्टप्रोडक्सन डि टु कला केन्द्रले गरेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology