(Friday 30th of October 2026)
`

माल्दिभ्समा तीज विशेष कार्यक्रम हुँदै

  • सगरमाथा गन्तब्य
  • 7.7K
    SHARES

    नेपालगन्ज – माल्दिभ्सको राजधानी मालेमा तीज विशेष कार्यक्रम हुने भएको छ । यही सेप्टेम्बर ६ तारिकमा तीज विशेष कार्यक्रम २०२४ हुने भएको हो । हिन्दु नारीहरुको महान पर्व तीज विशेष कार्यक्रमको आयोजना बाँके बर्दिया राइजिङ स्टारले गरेको छ । हामी नेपाली हाम्रो नेपाल भन्ने मुल नाराका साथ तीज विशेष कार्यक्रममा राष्ट्रियस्तरका कलाकारहरुको बेजोड प्रस्तुती रहने माल्दिभ्समा कार्यरत सरोज सापकोटाले जानकारी गराउनुभयो ।
    कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुमा चर्चित युवा गायक कमल विसी (माल्दाई), चर्चित गायीका विन्दु परियार साथमा माल्दिभ्समा रहेका नेपाली कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ । तीज विशेष कार्यक्रमको संचालन इन्द्र सापकोटाले गर्ने आयोजकले जनाएको छ । आयोजक टिममा सन्तोष थापा मगर, निश्चल पाण्डे, प्रशान्त थापा, लोकबहादुर सलामी, टंक पौडेल, लक्ष्मी तामाङ, सम्झना तामाङ, ज्योती राना बस्याल, सुस्मिता राना, सरु राई, कविता राई रहेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology