नेपालगन्ज : संचारकर्मी महिलाका लागि लङफम स्टोरी लेखन कार्यशाला मंगलबारदेखि नेपालगन्जमा शुरु भएको छ । लैगिक समानता र सामाजिक समावेशीकरणका विषयका समाचार लेखनलाई प्रभावकारी र उद्धेश्यमूलक बनाउन कार्यशाला आयोजना गरिएको हो । जसमा राज्यका हरेक संरचनामा लैंगिक समानता र सामाजिक समावेशीकरणका सवाललाई स्टोरीमा रुपान्तरण गरिने छ ।
कार्यशालाको पहिलो दिन लैगिक समता, समानता र सामाजिक समावेशीकरण लगायतका विषयमा विषयगत समाचार तयार गरिएको थियो छ । जसमा प्रदेश र स्थानिय तहमा रहेका लैंगिक, सामाजिक, महिला, बालबालिका स्वास्थ्य लगायत विषयमा छलफल भएको थियो ।
कार्यशालामा सहजीकरण गर्दै संचारिका समुह लुम्बिनीका उपाध्यक्ष रुपा गहतराजले समाचारलाई प्रभावकारी बनाउन खोज तथा अनुसन्धानमा ध्यान दिनुपर्ने बताइन् । उनले समाचारका स्रोत धेरै भए पनि विषयवस्तु पहिचान गर्न नसक्दा समाचारले सञ्चार माध्यममा प्राथमिकतामा पर्न नसकेको बताउदै समाचारलाई गुणस्तरिय र पठनयोग्य बनाउन अध्ययन जरुरी भएको रहेको जनाइन् ।
कार्यशालामा सहजीकरण गर्दै संचारिका समूह लुम्बिनीका महासचिव मेनका र्चाैधरीले महिलाका विषयलाई महिला र दलितका विषय दलितले मात्रै उठान गर्नुपर्छ भन्ने गलत मान्यताका कारण पनि सामाजिक विषयवस्तु ओझेलमा परेको बताइन् । उनले सबै क्षेत्रलाई सबैले आफनो विषय सम्झेर कलम चलाउन सके समाजले पत्याउने समाचर बन्न सक्ने बताइन् ।
कार्यशालमा कपिलवस्तु, बांके र बर्दियाका १२ संचारकर्मी महिलाको सहभागिता रहेको छ । युएसएआइडी नागरीक समाज र सञ्चार कार्यक्रम अन्तरगत संचारिका समुह नेपालले कार्यशाला आयोजना गरेको हो ।मंगलबारदेखि सुरु भएको कार्यशाला ३ दिनसम्म चल्नेछ । संचारिका समूह लुम्बिनीले बुटवल, दाड. र नेपालगन्जमा गरी ३ स्थलमा कार्यशाला आयोजना गरेको हो । जसमा दीपक ज्ञवाली, नारायणी रजौरे, दुर्गालाल केसी, रुपा गहतराज, अमृता अनमोल लगायतले सहजीकरण गर्नुभएको छ ।
