नेपालगन्ज, थारु कल्याणकारिणी सभा बाँकेले आउने साउन ३२ गते शुक्रबार नेपालगन्जमा ११ औं अधिबेशन गर्न लागेको छ । अधिबेशनका प्रमुख अतिथि थारु कल्याणकारिणी सभाका केन्द्रिय उपसभापति देबीलाल चौधरीले उद्घाटन गर्ने थाकस बाँकेका सभापति बिनोद थारुले बताउनुभयो ।
कल्याणकारिणी सभा बाँकेको गत साउन १९ गते बसेको कार्यसमितिको बैठकले जिल्ला अधिबेशन गर्ने निर्णय गरेको थियो । अधिबेशनले अगामी कार्यकालका लागि नेतृत्व चयन गर्ने छ । अगामी नेतृत्व सर्बसम्मतबाट चयन गर्न प्रयास भैरहेको सभाका सभापति थारुले बताउनुभयो । सभाले जिल्ला सभापति थारुकै नेतृत्वमा तयारी समिति गठन गरेर अधिबेशनको तयारीमा जुटेको छ ।
सकेसम्म जिल्ला भित्र र बाहिर रहेका थारु अगुवा बुद्धिजीवीहरुलाई उल्लेख्य सहभागी गराउने प्रयास भैरहेको छ । थारु समुदायमा बिगत देखि योगदान पु¥याउदै आएका अगुवा बुद्धिजीबीलाई पत्रचार गर्ने तथा आवश्यक तयारी गर्ने लगायतको काम भैरहेको थाकस बाँकेले जनाएको छ । सभाले नेपालगन्जको स्वास्तिक कटेजमा यही साउन ३२ गते शुक्रबारका दिन बिहान १० बजे अधिबेशन गर्ने जनाएको छ ।
अधिबेशनमा थारु संघ संगठन लगायत आस्थगत सबैलाई सहभागिताका लागि अपिल समेत गरिएको छ । बाँकेमा थारु समुदायको ३ वटा पालिका जस्तै कोहलपुर नगरपालिका, राप्ती सोनारी गाउँपालिका र बैजानाथ गाउँपालिकामा बहुल्याता रहेको छ । बाँके जिल्लामा थारु समुदायको जनसंख्या करिब एक लाखको हाराहारीमा रहेको छ ।
