(Saturday 25th of July 2026)
`

बैकुण्ठधाम निर्माणका लागि कात्र्तिक २२ देखि ३० गतेसम्म अध्यात्मिक महोत्सव हुने

  • सगरमाथा गन्तब्य
  • 4.8K
    SHARES

    नेपालगन्ज २७ साउन –  वाचन शिरोमणी पण्डित दिनबन्धु पोखरेलको उपस्थितीमा नेपालगन्जमा बैकुण्ठधाम अध्यात्मिक महोत्सव हुने भएको छ । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर–५, कम्दी स्थित सिधनियाघाटमा बैकुण्ठधाम निर्माणका लागि आगामी कार्तिक २२ देखि ३० गतेसम्म अध्यात्मिक महोत्सव हुने भएको हो । नेपालगन्जका डाक्टर, पत्रकार, मानव अधिकारकर्मी, कानून व्यवसायी, उद्योगीहरुको समूहले बनाएको मल्हमपट्टी ग्रुपको अगुवाईमा गठित बैकुण्ठधाम सिधनीयाघाट व्यवस्थापन समितिको अगुवाईमा उक्त अध्यात्मिक महोत्सव गर्न थालिएको हो ।
    बैकुण्ठधाम निर्माणका लागि समितिले सिधनीयाघाटमा १२ कठ्ठा जमिन खरिदका लागि बैना दिइसकेको छ । प्रतिकठ्ठा आठ लाखको दरले चार जना जग्गाधनीलाई बैना रकम दिइएको हो । थप १९ कठ्ठा जग्गा खरिद गर्ने समितिको योजना रहेको छ । बैकुण्ठधाममा ब्रम्हनाल, किरियापुत्री घर, मन्दिर, पार्क, धारा, प्रतिक्षालय, काठ गोदाम, पूजा सामाग्री पसल, सार्वजनिक शौचालय बनाउने योजना अघि सारिएको छ । वाचन शिरोमणी पण्डित पाखरेलले व्यवस्थित तरिकाले महायज्ञ गर्न सकेमा २० करोड रकम संकलन हुने उद्घोष गरे । महायज्ञमा प्रवचनसँगै शािलकरामको दर्शन, ब्रतबन्ध, विवाह, चौरासीपूजा, रुद्री, ग्रहशान्ति गरिने छ । समितिका अध्यक्ष डाक्टर सुरेशकुमार कनोडिया, उपाध्यक्ष भोला महत, सचिव विकास आचार्य, सहसचिव उमा थापामगर चन्द, कोषाध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, सदस्यहरु डा। बद्री चापागाई, डाक्टर किर्तिपाल सुवेदी, श्रीराम सिग्देल सबैले अपनत्व लिने गरि काम अघि बढाएको बताए । यसैबीच, वाचन शिरोमणी दिनबन्धु पोखरेल लगायतको टिमले बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर–५ कम्दि स्थित सिधनिया घाटमा निर्माण हुने बैकुण्ठधामको स्थलगत अनुगमन गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology