(Saturday 25th of July 2026)
`

फोनिज बाँकेद्धारा २५ औं स्थापना दिवसको अवसरमा शुभकामना आदनप्रदान

  • सगरमाथा गन्तब्य
  • 5.2K
    SHARES

    नेपालगन्ज – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २५ औं स्थापना दिवस नेपालगन्जमा पनि भव्य रुपमा मनाईएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) लुम्बिनी प्रदेश समिति र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बा“के शाखाको सयुक्त आयोजनामा २५ औं स्थापना दिवस आइतवार नेपालगन्जमा भव्य रुपमा मनाईएको हो । फोनिजको अभियान, संचारमा पहिचान भन्ने मुल नाराका साथ २५ औं स्थापना दिवसको अवसरमा शुभकामना आदनप्रदान कार्यक्रमको आयोजना गरिएको थियो ।

    नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बाँकेका अध्यक्ष भगतराम थारुको अध्यक्षतामा भएको शुभकामना आदनप्रदान कार्यक्रमको प्रमुख अतिथि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाईले गर्नुभएको थियो । संचार क्षेत्रमा आदिवासी जनजातिहरुको भुमिका अतुलनिय रहेको भन्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष चौलागाईले आफ्नो पहिचानलाई जिवन्त राख्न आस्थागत पत्रकारहरुको भुमिका अपरिहार्य रहेको बताउनुभयो । आफ्नो पहिचानलाई जोगाउन आफ्नै समुदायको योगदान रहने भएको हुनाले पहिचानलाई बचाउन र टिकाई राख्न सम्पुर्ण आस्थागत संगठनसंग समन्वयको खाँचा रहेको उपाध्यक्ष चौलागाईले बताउनुभयो ।

    फोनिजले अझ आफ्नो सदस्यहरुलाई उत्प्रेरणा दिन वा टिकाई राख्न विभिन्न खाले कार्यक्रमको आयोजना गरिनुपर्ने धारणा राख्नुभयो । यस्तै फोनिज लुम्बिनी प्रदेश समितिका अध्यक्ष गजेन्द्र गुरुङले आदिवासी जनजातिहरुको सांस्कृतिक पक्ष बलियो रहेको धारणा व्यक्त गर्नुभयो । आदिवासी जनजातिहरुको पहिचान, रहनसहन संस्कृति अन्य समुदाय भन्दा फरक रहेको भन्दै यसलाई जोगाई राख्न ८ वटा समुदायका आदिवासी जनजातिहरु एकतावद्ध हुन आवश्यक रहेको बताउनुभयो । लुम्बिनी प्रदेशमा आदिवासी जनजाति पत्रकारको संख्या अन्य समुदायको भन्दा बढि रहेको हुनाले नेपाल पत्रकार महासंघमा प्रतिनिधित्व कायम गर्न पहल गर्ने अध्यक्ष गुरुङले बताउनुभयो । यस्तै नेपाल पत्रकार महासंघ बाँके शाखाका कार्यवाहक अध्यक्ष संगिन शर्माले चार बर्ण छत्तिस जातका फुलबारी भने जस्तै नेपालमा छरिएर रहेका विभिन्न जातका समुदायले पनि आफ्नो समुदायको प्रथामिकताका साथ प्रचारप्रसार गर्न आवश्यक रहेको उहाँले धारणा राख्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक अध्यक्ष शर्माले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनका लागि फोनिजले पनि अतुलनिय भुमिका खेल्न आवश्यक रहेको बताउनुभयो ।

    २५ औं स्थापना दिवस कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका पुर्व महासचिव भेषराज बस्नेत, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सदस्य आरिफ अन्सारी, नेपाल पत्रकार महासंघ बाँके शाखाका सचिव कमल डाँगी, नेपाल आदिवासी जनजाति महासंघ बाँकेका अध्यक्ष डम्मर थापा, नेपाल आदिवासी जनजाति युवा महासंघ बाँकेका अध्यक्ष जनक महराई मगर, कोषाध्यक्ष विर बहादुर राना मगर, प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष दुर्गा रोकाय, प्रेस युनियन बाँकेका सचिव भिष्म लोध, प्रेस सेन्टर नेपाल बाँकेका सचिव केपी घिमिरे, समाजवादी पत्रकार संगठनका अध्यक्ष लोकनाथ शर्मा, ठकुरी पत्रकार संगठन बाँकेका अध्यक्ष करुणा शाह, चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेल लगायतले २५ औं स्थापना दिवसको शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    फोनिज बाँकेका सदस्य ममता थापाले संचालन गर्नुभएको कार्यक्रमको स्वागत मन्तव्य फोनिज बाँकेका सहसचिव सुमन गिरी श्रेष्ठले गर्नुभएको कार्यक्रममा विभिन्न मिडियामा आवद्ध पत्रकार लगायत आदिवासी जनजातिसंग जोडिएका संघ संगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology