(Friday 30th of October 2026)
`

राप्ती नदिको डुवान क्षेत्रको स्थलगत अनुगमन गर्दै प्रतिनिधीसभा सदस्य ढकाल

  • सगरमाथा गन्तब्य
  • 6.8K
    SHARES

    नेपालगन्ज, । बाँकेको राप्तीसोनारी र नरैनापुर गाउँपालिकाको दर्जन गाउँ डुवानको उच्च जोखिममा रहेका छन् । राप्ती नदिको बाढिका कारण राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका दर्जन बढि बस्ती डुवानको उच्च जोखिममा रहेका हुन् । पछिल्लो समय राप्ती नदिमा बाढी बढ्दै गएको कारण दर्जनौ गाउँ जोखिममा रहेका छन् । लगातार भारी बर्षाका कारण राप्ती नदिमा पानीको बहाव बढ्दै गएको कारण राप्ती सोनारी र नरैनापुरका दर्जन बढि गाउँ डुवानको जोखिमा रहेका छन् ।
    बाँके क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले आफ्नो क्षेत्रमा रहेको डुवानका समस्या बारे स्थलगत अनुगमन गर्नुभएको छ । बिहीवार संघिय सांसद गृृहजिल्ला बाँके पुग्ने वित्तिकै राप्ती नदिले कटान गरेको क्षेत्रको स्थलगत अनुगमन गर्नुभएको हो । राप्ती नदिले बर्षेनी डुवानमा पर्दै गएका राप्तीसोनारी र नरैनापुरवासीका गुनासो सुन्न र प्रत्यक्ष बाढि प्रभावित बस्ती र कटान क्षेत्रमा पुग्नुभएको हो । प्रतिनिधिसभा सदस्य जिल्लाको राप्तीसोनारी गाउँपालिका ७ स्थित खल्लाझगडियामा राप्ती नदीले तीव्र रूपमा कटान गरिरहेकोले ठुलो विपत्ति निम्त्याउन सक्ने बताउदै यसलाई तत्काल राज्यले ध्यान दिनुपर्ने बताउनुभयो ।
    उहाँले सो ठाउँमा नदीले अस्थायी तटबन्ध भत्काएकोमा बजेट अभावले पुन निर्माण नगरिएकोमा दुई पालिकाका दर्जन बढी गाउँका ६० हजार जनता डुबान र बाढीको उच्च जोखिममा रहेको बताउनुभयो ।


    सो ठाउँको पटकपटक स्थलगत अनुगमन गर्नुभएका सांसद ढकालले अहिले ठुलो वर्षा भएकोले नदीले कटान गरेर खेती योग्य जमिन र बस्तीमा नै प्रवेश गर्ने अवस्था आइरहेको बताउनुभयो । ढकालले राप्ती नदीले कटान गर्दै धार नै परिवर्तन गर्न सक्ने जोखिम छ, त्यसैले तत्कालै तटबन्धको काम सुरु गर्न आवश्यक भएकोले निरन्तर राज्यसंग पहल गरिरहेको छु सकेसम्म छिटो सुनवाई हुने उहाँले जानकारी गराउनुभयो ।’ राप्तीसोनारीको कुसुुमदेखि गंगापुरसम्म तटबन्धका लागि राज्यले १२ अरब बजेट छुट्याएको छ तर बजेट निकासा नगरेको हुनाले यसको काममा बाधा पुगेको उहाँले बताउनुभयो । राज्यले छुट्याएको बजेट छिटो भन्दा छिटो निकासाका लागि पहल गर्दै आएको सकेसम्म कार्यन्यवन पनि हुने उहाँले बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology