नेपालगन्ज : बाँकेको कोहलपुरमा युवा लक्षित ४ दिने आधारभुत पत्रकारिता तालिम सुरु गरिएको छ । । सामुदायिक रेडियो प्रतिबोध एफ.एम कोहलपुरको आयोजनामा आजदेखि युवा लक्षित ४ दिने आधारभुत पत्रकारिता तालिमको सुरु गरिएको हो ।
सञ्चारमा क्षेत्रमा दलित समुदायको सहभागिता सुचना प्रबिधिमा दलित समुदायको पहुच आजको आबश्यकता भन्ने नाराका साथ सुरु गरिएको दलित युवा लक्षित ४ दिने आधारभुत पत्रकारिता तालिमको उद्घाटन गर्दै कोहलपुर नगरपालिकाका सामाजिक विकास समिति संयोजक इश्वरी प्रसाद बिश्वकर्माले गर्नुभएको थियो ।
दलित समुदायका युवाहरुलाई लक्षित गरि आयोजना गरिएको तालिमले दलित समुदायका युवाहरुलाई पत्रकारिता क्षेत्रमा पहुच अभिबृद्धि गर्ने बताउदै दलितका मुद्दाहरुलाई उठान गर्न सहयोग पुग्ने उहाले बताउनुभयो ।
उहाँले दलित समुदायका थुप्रै मुद्दा तथा सवालहरु अहिले पनि राज्यको नजरमा पर्न नसकेको औल्याउदै दलित समुदायहरुको क्षमता अभिबृद्धीमा तालिमले टेवा पुर्याउने उहाँले जानकारी गराउनुभयो ।
यस्तै दलित सेवा संघका केन्द्रिय महासचिव कृष्ण बि.क ले पत्रकार समाजको ऐना भएकाले पत्रकारले निष्पक्ष रुपमा समाचार सम्प्रेशण गर्नुपर्नेमा जोड दिनुभयो । तालिमबाट सिकेका कुराहरुलाई व्यबहारिक पनि लागु गर्न प्रशिक्षार्थीहरुलाई उहाँले आग्रह गर्नुभयोे ।
संयुक्त दलित संर्घष समितिका संयोजक कष्ण बि.क रसाइलीले दलित समुदायलाइ सञ्चारक्षेत्रमा सहभागीता गराइ सुसचित गर्न दलित युवाहरुलाइ पत्रकारिता तालिमले सहयोग पुग्ने बताउनुभयो ।
रेडियो प्रतिबोध एफ एमका अध्यक्ष शिव सुनारको अध्यक्षतामा गरिएको उक्त कार्यक्रमको संचालन सामुदायिक रेडियो प्रतिबोध एफ एमका स्टेसन म्यानेजर हेमन्त बिकले गर्नुभएको थियो । तालिममा पत्रकार रुपा गहतराज, कविन्द्र परियार, पवित्रा परियार, धना केसीले सहजीकरण गर्नुभएको थियो भने तालिममा कोहलपुर नगरपालिका भित्रका २० जना दलित युवाहरुको सहभागीता रहेको छ ।

