(Friday 30th of October 2026)
`

वडा प्रहरी कार्यालय नेपालगन्जद्धारा नागरिक सुनवाई कार्यक्रम

  • सगरमाथा गन्तब्य
  • 6K
    SHARES

    नेपालगन्ज : वडा प्रहरी कार्यालय नेपालगन्ज बाँकेले आइतवार नागरिक सुनवाई कार्यक्रम गरेको छ । नगरभित्र नगरप्रहरीको भुमिका कस्तो र कसरी लैजाने बारे नागरिक स्तरबाटै सुनवाई हुन जरुरी भएको भन्दै वडा प्रहरी कार्यालय बाँकेले यस्तो कार्यको सुरुवात गरेको हो । हर प्रहर गाउँ नगरी, टोल टोलमा नेपाल प्रहरी भन्ने मुल नाराका साथ सुरुवात गरेको नागरिक सुनवाई कार्यक्रमको प्रमुख आतिथ्यता नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष समिर प्रताप सिंहले गर्नुभएको थियो । कार्यक्रममा वडा प्रहरी कार्यालयबा प्रमुख हरी बहादुर विसीले नेपालगन्ज वडा प्रहरी कार्यालय बाँकेले नगरभित्रका समस्या समाधान गर्नका लागि नागरिक सुनवाई अति नै खाँचो रहेको बताउनुभयो ।
    नागरिक स्तरबाट आएको सुझाव, सल्लाहलाई मध्यनजर गर्दै वडाले गर्नुपर्ने काम कर्तव्य सदा झै पालना गर्नुपर्ने आवश्यक रहेको वडा प्रहरी प्रमुख बिसीले बताउनुभयो । यस्तै वडा प्रहरी कार्यालय नेपालगन्जमा आर्थिक बर्ष ०८०÷०८१ जेठ २५ गतेसम्म ५ सय ५० ठाडो उजुरी परेको थियो जसमा ४ सय १३ उजुरी फर्छेउट भयो । यस्तै २३ वटा उजुरी जिल्ला प्रहरी कार्यालयमा सिफारिस गरियो भने १ सय १४ वटा उजुरी बाँकी रहेका छन् । यस्तै घरेली हिंसाको ३४ निवेदनमा २८ वटा फर्छेयट गरियो भने ३ सिफारिस र ३ बाँकी रहेका छन् ।


    यस्तै एक बर्षको अवधिमा वडा प्रहरी कार्यालय नेपालगन्जले समुदायसंग साझेदारी कार्यक्रम, लागुऔषध विरुद्ध सचेतना, वालविवाह विरुद्ध सचेतना, सरसफाई लगायत विभिन्न किसिमका ४५ वटा जनचेतनामुलक कार्यक्रम गरेको वडा प्रहरी कार्यालय नेपालगन्जले जनाएको छ । वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख हरी बहादुर विसीको अध्यक्षतामा भएको नागरिक सुनवाई कार्यक्रममा नेपालगन्ज वडा नं. ५ का वडा अध्यक्ष सराफत हुसेन शेष, पुर्व सांसद याकुव अन्सारी, वडा नं. ७ का पुर्व वडा अध्यक्ष जुम्मन खाँ, मोहम्मद उमर हल्वाई, वडा प्रहरी कार्यालय मातहतका प्रहरी चौकीका इन्चार्ज, नगरवासी, पत्रकार लगायतको सहभागिता रहेको कार्यक्रमको संचालन हिक्मत रेग्मीले गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology