(Saturday 25th of July 2026)
`

राप्तीसोनारीमा प्रथम उपाध्यक्ष कप कराँते प्रतियोगिता

  • सगरमाथा गन्तब्य
  • 7.9K
    SHARES

    बाँके : राप्ती सोनारी गाउँपालिकामा आज प्रथम उपाध्यक्ष कप कराँते प्रतियोगित सुरु भएको छ । पहिलो पटक हुन लागेको उपाध्यक्ष कप कराँते प्रतियोगितामा खेलाडीहरुको उल्लेख सहभागीता रहेको देखियो । ८ वटा विद्यालयका गरि १३४ जना खेलाडी सहभागी भएका छन । राप्ती सोनारी गाउँपालिका स्तरिय खेलकुद विकास समितिको आयोजनमा राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने नारा रहेको प्रथम उपाध्यक्ष कपको उद्घाटन गाउँपालिका अध्यक्ष तप्त पौडेलले गरेका हुन । उद्घाटन गर्दै अध्यक्ष पौडेलले खेलकुदको क्षेत्रमा विगत देखि राप्ती सोनारीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नाम राख्न सफल भएको भन्दै खेल बिकासका लागि पालिका हरदम तयार रहेको बताए ।

    खेलकुद क्षेत्रमा आफ्नो पदबाट पहिलो पटक खेलको आयोजना भएकोमा खुसी व्यक्त गर्दै राप्ती सोनारि गाउँ पालिका उपाध्यक्ष मनिषा सिंह थारुले आगामी दिनमा झनै बृहत बनायर लैजाने बताईन । पालिका स्तरका खेलकुद विकास समितीका अध्यक्ष तेज बहादुर सुवेदीले सबैको साथ सहयोग पाए छोटो समयमा खेलकुदमा राप्ती सोनारीले परिणाम मुखी नतिजा निकाले देखाउने दावी गरे । कार्यक्रममा जापान गोजुरियो कराँते डो मिसन संघ नेपालका लुम्बिनी प्रदेश पदाधिकारी , प्रशिक्षक भक्त बहादुर राना, वडा अध्यक्षहरु, खेलाडी प्रशिक्षकहरुको सहभागीता रहेको थियो । उक्त प्रतियोगिता आजै समापन गरिने छ । स्थान हांसिल गर्ने खेलाडीहरुलाई मेडल, कप र प्रमाण पत्र दिईने छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology