(Friday 30th of October 2026)
`

बज्रदल गणले मनायो दुई सय १९ औं वार्षिकोत्सव

  • सगरमाथा गन्तब्य
  • 7.2K
    SHARES

    बाँके – बाँकेको राँझा स्थित बज्रदल गणले आफ्नो दुई सय १९ औं वार्षिकोत्सव मनाएको छ । शुक्रबार गणको प्रांगणमा प्रमुख अथिति राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक तथा बज्रदल गणका कर्णेल कमाण्डान्ट उपरथी सुरेश कुमार कार्कीद्धारा पानसमा बत्ति बालेर वार्षिकोत्सव मनाएको हो ।
    सोही क्रममा गणका गणपति प्रमुख सेनानी रविन श्रेष्ठले बज्रदल गणको संक्षिप्त ईतिहासका बारेमा चर्चा गर्नु भएको थियो । यसका साथै उहाँले आन्तरिक शान्ति सुरक्षा कार्यमा उक्त गणले गरेको व्यवस्थापनका विषयसँगै विकास निर्माण तथा विपद् व्यवस्थापन र उद्धार तथा प्रकृतिक संरक्षण कार्यमा पुर्याएको योगदानको पनि विवरण पेश गर्नु भएको थियो ।
    वि.सं.२०७२ साल बैशाख १२ गतेको महाभुकम्प तथा त्यस पश्चातका पराकम्पनहरुबाट भएको क्षति पश्चात काभ्रेपलान्चोक र सिन्धुपाल्चोक जिल्लाको विभिन्न स्थानहरुमा खोज तथा उद्धार कार्यको लागि परिचालित भई कार्य गरेको उहाँको भनाई थियो ।
    साथै भूकम्प पश्चात विस्थापित भएकाहरुको लागी भुकम्प पूनः निर्माण योजना २०७३ बमोजिम उक्त गण गोर्खा जिल्लाको वारपाकमा खट्टी कार्य गरेको तथा बारा जिल्लामा हावाहुरी (टोरनाडो) पश्चात भएको क्षति पछिको पूनःनिर्माण कार्यमा खट्टिई प्रभावकारी कार्य गरेको थियो ।
    कोभिड महामारीको बेला उक्त गण मुस्ताङ्ग जिल्लामा तैनाथ हुँदा प्रशासन कार्यालय तथा अन्य सुरक्षा निकाय एवं स्वास्थ्य निकायहरुसंग लगातार समन्वय गरी २३ जना कोभिड संक्रमित व्यक्तिहरुको शव व्यवस्थापन गरेको थियो । यसका साथै पेशागत दक्षता र खेलकुद तथा प्रकृति संरक्षणमा पनि गणको सक्रिय भूमिका रहेको उहाँले बताउनुभयो ।
    उक्त वार्षिक उत्सवको अवसरमा श्री नं. ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी रोशन शम्शेर ज.ब.रा., नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्य, राप्तिसोनारी गाउँपालिकाका प्रमुख तप्त बहादुर पौडेल त्यसैगरी प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल लगाएत बाँकेका सरकारी र गैर सरकारी संघ संस्थाका प्रतिनीधिसँगै उद्योग व्यापारी र विभिन्न वडाका वडाध्यक्षहरुको उपस्थिती रहेको थियो ।
    उक्त समारोहमा राष्ट्रिय गानसँगै विभिन्न विधाका लोक भाकाहरुमा केही सैनिक जवानहरुले साँस्कृतिक कार्यक्रममा आ आफ्नो नृत्य प्रस्तुत गरेका थिए भने केहीले नेपाली सेनाको विषयमा कविता प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा श्री नं. ४ बाहिनी अड्डाको मातहतमा रहेका विभिन्न गण र गुल्महरुबाट गणपतिसँगै गुल्तपतिहरुको पनि उपस्थिती रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology