नेपालगन्ज : महिला अधिकार मञ्च बाँकेले जिल्ला प्रशासनलाई बाँकेलाई ध्यानाकर्षण पत्र बुझाएको छ । बिहीवार महिला अधिकार मञ्च बाँकेले जिल्ला प्रशासन बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई ध्यानाकर्षण बुझाएको हो । पिडित न्यायको आशा बोकेर प्रहरी कार्यालयबाट अभद्र व्यवहार समेत खेप्नु पर्ने पिडितहरुले गुनासो सुनाएका छन् । पिडितले मुद्दा दर्ता गर्न जिल्ला प्रहरी कार्यालय पुग्दा मुद्दै दर्ता नगर्दिने अझँ म्याद थपाउने कार्यले आम नागरिकको मानव अधिकार हनन भएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
जो संग अपेक्षा गरिएको हुन्छौं त्यहीबाट अपहेलित तथा उपेक्षित भएपछि रिले अनसनदेखि धर्ना अभियान कार्यक्रमको आयोजना गरिने पिडित पक्षले जनाएका छन् । जेठ २३ गतेभित्र पनि हाम्रो माग पुरा भएन भने कडा आन्दोलनमा उत्रिने उनिहरुले चेतावनी दिएका छन् ।
बाँके जिल्ला प्रहरी कार्यालयका एस.पि तुलबहादुर कार्की तथा अनुसंधान अधिकृतले निर्दोषलाई फसाउने कार्य गरेकोले एसपि तुलवहादुर कार्की तथा अनुसन्धान अधिकृतलाई कडा कार्यवाही गरिएन भने रिले अनसनमा बस्ने चेतावनी मानवअधिकारकर्मी रुवी खानले बताउनुभयो । बिहीवार प्रजिअलाई ५ बुदे माग सहित ज्ञापन पत्र बुझाएको खानले बताउनुभयो ।
एसपि तुलबहादुर कार्की तथा अनुसंधान अधिकृतले निर्दोषलाई फसाउने कार्य गरेकोले एसपि तुलवहादुर कार्की तथा अनुसन्धान अधिकृतलाई कडा कार्यवाही गरियोस्, निर्मला कुर्मीको मुद्दा सम्मानित अदालत पुर्याइयोस, एकल÷विधवा महिला माहेलका तेली लगायतका जाहेरीबाट नाम खारेज गरि तत्काल स–सम्मान थुना मुक्त गरियोस, रझेना निवासी सुमदरानी थारुको बलात्कार गरि हत्या गर्नेलाई तत्काल पक्राउ गरि कार्यवाही गरियोस, वर्ष ५ की बालिकालाई खुकुरी प्रहार गर्नेलाई तत्काल कार्यबाही गरियोस, सरकारले आन्दोलनकारीहरुको सुरक्षा र उनीहरुका परिवार तथा आफन्तको सुरक्षाको ग्यारेन्टी गरेकोमा तत्काल कार्यान्वयन गरियोस ।
