(Friday 30th of October 2026)
`

नेपाल खेलकुद महासंघको तेश्रो जिल्ला अधिवेशन सम्पन्न अध्यक्षमा होम र सचिवमा संजित

  • सगरमाथा गन्तब्य
  • 8.5K
    SHARES

    नेपालगन्ज : २५ औं मनमोहन स्मृति दिवसको अवसरमा नेपाल खेलकुद महासंघ बाँकेको तेस्रो जिल्ला अधिवेशन बिहीवार नेपालगन्जमा सम्पन्न भएको छ ।
    तेश्रो जिल्ला अधिबेशन महासंघका अध्यक्ष होम सुनारको अध्यक्षता तथा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य तथा संघिय सांसद दिपा शार्माको प्रमुख आतिथ्यतामा तेश्रो जिल्ला अधिबेशन सम्पन भएको हो । अधिबेशनको बन्द शत्रका अध्यक्ष मण्डलको संयोजकमा भिम ओली, सदस्यद्धय आतंक बस्नेत, प्रकाश विश्वकर्मा रहनुभएको थियो ।
    नेपाल खेलकुद महासंघको तेश्रो महाधिबेशनले २१ सदस्यीय कमिटि सर्वसम्मत रूपमा पारित गरेको छ । जसमा नेपाल खेलकुद महासंघ बाँकेको अध्यक्षमा पुनः होम सुनार सर्वसम्मत रुपमा चयन हुनुभएको छ । यस्तै महासंघको उपाध्यक्षमा शिवेन्द्र भण्डारी, सचिवमा संजित ओली, सहसचिवमा पदम बुढाथोकी, कोषाध्यक्षमा चित्रा श्रेष्ठ चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा जगदिश यादव, जंग बहादुर थापा, धन बहादुर थापा, गौतम श्रेष्ठ, कृति वहादुर शाही, ममता राना, निरक पौडेल, गगन वि.सी., होमराज थापा, वसिर आलि, राजेश भण्डारी, चाहना थापा, वम वहादुर थापा लगायत २१ जनाको कार्यसमिति चयन भएको हो ।
    तेसो जिल्ला अधिवेशन उद्घाटन समारोह पाटीका केन्द्रय सदस्य दिया शर्मा, विशेष अतिथी, मोर्चा संगठन प्रमुख भिम वली, प्रकाश विश्वकर्मा, अनेरास्वविय जिल्ला अध्यक्ष कृष्ण विक्रम केसी, जिल्ला विद्यार्थी इन्चार्ज सूर्य रोकाय, खेलकुद महासंघका पुर्व जिल्ला अध्यक्ष बस्नेत, पूर्व सचिव राजेन्द्र कडेल, महेन्द्र बहुमुखी क्याम्पस स्ववियु सभापति माधव खत्री, ज्ञानोदय बहुमुखी क्याम्पसका उपसभापती कृष्ण चन्द ठकुरी लगायत उपस्थिति रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology