आशा परियार नेपालगन्ज : डुडुवा गाउँपालिकाको सिधनिया गाउँमा सार्वजनिक जग्गामा विवाद देखिएको छ । मिलन चोक नजिकै रहेको डुडुवा गाउँपालिका वडा नं. ४ स्थित सार्वजनिक जग्गा व्यक्तिले आफ्नो बनाउन खोज्दा स्थानियले विवाद सृजना गरेका हुन् । लामो समय उक्त सार्वजनिक जग्गामा स्थानियले मल राख्ने तथा गाईगोरु बाँध्ने बालवालिका खेल्ने लगायतका कार्य गर्दै आएको स्थानियले बताउँछन् । तर सार्वजनिक जग्गामा व्यक्तिले हडप्न खोजेपछि स्थानियवासीले प्रतिकारमा उत्रिएका छन् । करिब ५ कठ्ठा जग्गामा स्थानिय रामकुमार यादव र उहाँको छोरा गणेशले आफ्नो पक्षमा लिन खोजेपछि विवाद सृजना भैरहेको छ । सार्वजनिक जग्गामा घर समेत निर्माण गर्दा स्थानिय सरकार मौन बसेको स्थानिय सलामु निशा खाँ बताउनुभयो । सार्वजनिक जग्गामा स्थानियलाई हिड्न समेत नदिने गरेको उहाँले आरोप लगाउनुभयो ।

यता पालिकाले भने विवाद भएको जग्गामा तारबार गरेको छ । विवाद चर्किएपछि वडा कार्यालयले भने उक्त जग्गामा सार्वजनिक शौचालय र प्रतिक्षालय बनाउने माइनोट समेत गरेको स्थानिय गुजारा यादवले भन्नुभयो । वडामा पुगेका स्थानियले वडाअध्यक्षलाई बारम्बार ताकेता गरेर फाइल मनाएको स्थानियले बताएका छन् । सार्वजनिक जग्गालाई व्यक्तिको हाबी भएको स्थानिय यादवले भन्नुभयो । सार्वजनिक जग्गा एक व्यक्तिले हडपेको भन्दै स्थानियले मुद्दा हाल्ने प्रक्रियामा पुगेका छन् । विहीवार विवादित जग्गामा स्थानिय जम्मा भई व्यक्ति विशेष भन्दा पालिकाले स्थानियवासीको लागि प्रयोग हुने खालको संरचना तयार गर्न उनिहरुले माग गरेका छन् । उक्त सार्वजनिक जग्गामा पालिकाले तारवार गरेको छ । यता सार्वजनिक जग्गा विवादका कारण तारबार गरि आफ्नो मातहतमा लिएको वडाअध्यक्ष सगिर खाँले भन्नुभयो । विवाद झन झन चर्किदै गर्दा विवादलाई सुल्झाउन पालिकाले जेसिवी लगाएर तारबार गरेको वडाअध्यक्ष खाँले भन्नुभयो । व्यक्तिगत रुपमा प्रयोग कसैले गर्न नपाउने वडाअध्यक्ष खाँले भन्नुभयो ।

