(Friday 30th of October 2026)
`

९ वटा दमकल प्रयोग गरि उद्योगमा लागेको आगो नियन्त्रणमा

  • सगरमाथा गन्तब्य
  • 6.7K
    SHARES

    नेपालगन्ज : बाहुबली जडिबुटी प्रशोधन उधोगमा बिधुत तार सट हुन गई एक्कासी आँगो सल्कदा ठुलो मात्रामा क्षति भएको छ ।
    बाँकेको जानकी गाउपालिका वडा नं.६ पिपरहवा स्थित राजेश जैनले संचालन गरेको बाहुबली जडिबुटी प्रशोधन उधोगमा बिधुत तार सट भएर आगलागी भएको हो । प्रहरी चौकी गनापुर, ईप्रका कोहलपुर र यस जिल्ला प्रहरी कार्यालय बाँकेबाट गरी प्रहरी उपरिक्षक तुल बहादुर कार्कीको कमाण्डमा जम्मा १ सय १४ जना प्रहरी टोली परिचालित भएको थियो ।
    आगलागी नियन्त्रणमा तत्काल स्थानिय उद्दार समाग्रीहरुको प्रयोग गरी मुख्य कारखाना लगायत अन्यत्र आगलागी हुन नदिन प्रयास गरिएको थियो । बाँके र बर्दिया जिल्लाबाट गरी जम्मा ९ वटा दमकल, नेपाल प्रहरीको वाटर क्यानोन र भारतको बहराईचबाट समेत १ वटा दमकल आगोलागी नियन्त्रणमा प्रयोग गरिएको थियो ।


    आगलागी नियन्त्रणमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी गरी जम्मा १ सय ६४ जना सुरक्षाकर्मी परिचालित गरिएको थियो ।
    आज दिनको २ बजे आगो पुर्णरुपमा नियन्त्रणमा आएको थियो । मानविय क्षेती नभएको र भौतिक क्षेतीको बिवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology