(Friday 30th of October 2026)
`

बाँकेको गाभरमा हुने लुम्बिनी प्रदेश स्तरिय युवा सम्मेलनमा युवा साँस्कृतिक साँझ हुने

  • सगरमाथा गन्तब्य
  • 7.2K
    SHARES

    नेपालगन्ज : लुम्बिनी प्रदेश नेपाल युवा परिषद्को आयोजनामा आइतवार देखी बाँकेमा लुम्बिनी प्रदेश युवा सम्मेलन हुने भएको छ । लुम्बिनी प्रदेश युवा परिषद्को आयोजनामा बाँकेको गाभर भ्याली होमेस्टेमा तीन दिने प्रदेश युवा सम्मेलन हुने भएको हो । फागुन २० देखी २२ गतेसम्म संचालन हुने सम्मेलनको तयारी पुरा भएको आयोजकले शनिवार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
    एक राम्रो बिश्वका लागि युवा अभियान, युवा उद्यमशीलताको सृजनाः सम्भावना र रचनात्मक प्रवद्र्धन, प्रभावकारी शासकनका लागि युवा शसक्तिकरण, जलवायु कार्यमा युवा संलग्नता लगायतका बिषयमा छलफल गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
    पत्रकार सम्मेलनमा बोल्दै नेपाल युवा परिषदका अध्यक्ष सरोज बानीयाले सम्मेलनले निकालेको निचोड प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय, समाजिक विकास मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयमा बुझाइने जानकारी दिनुभयो । उहाँले सम्मेलनको निचोडले राज्यलाई युवा निती बनाउन सघाउ पुग्ने बताउँदै उहाँले स्थानीय पालिकाहरुले समेत युवा निती बनाउँदा सम्मेलनको निचोडले सहज बनाउने दाबी गर्नुभयो ।
    पर्यटन ब्यवसायी कृष्ण चौधरीले बाँकेको गाभर भ्यालीमा हुने सम्मेलनमा प्रदेशका १२ वटै जिल्लाको खानपान, भेषभुषा र संस्कृतिको प्रदर्शन सहित छलफल गरिने जानकारी दिनुभयो । उहाँले सम्मेलनमै थारु समुदायको परिकार घोँघी खाने प्रतियोगिता गरिनुका साथै प्रदेशको कला झल्कनेगरि सांस्कृतिक कार्यक्रम गरिने बताउनुभयो । लुम्बिनी प्रदेशको रैथाने खानाको ब्राण्डिङ गर्न सम्मेलनले भुमिका खेल्ने विश्वास ब्यक्त गर्दै चौधरीले लुम्बिनीमा पर्यटन उद्योगलाई सम्मेलनले सहयोग गर्ने दाबी गर्नुभयो ।
    १२ जिल्लाका २०५ युवाहरु सहभागी हुने सम्मेलनको उद्घाटन मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले र समापन प्रदेश सामाजिक विकास मन्त्री सिके गुप्ताले गर्ने आयोजकले जनाएको छ । यस्तै लुम्बिनी प्रदेशको प्रदेश युवा सम्मेलन २०२४ मा विभिन्न विज्ञहरुद्वारा विषयगत क्षेत्रमा कार्यपत्र प्रस्तुत, प्यानल छलफल, सफलताका कथाहरु सहित ३ दिनको कार्यक्रम सञ्चालन हुनेछ । यसको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको युवा साँस्कृतिक साँझ, लुम्बिनीका युवाद्वारा तयार पारिने लुम्बिनी प्रदेशको प्रादेशिक कार्ययोजना रहेको छ । सहभागी हुन आउने सम्पूर्ण युवाहरुले आफ्नो कला सँस्कृति झल्कने भेषभुषा, स्थानीय स्तरमा पाईने रैथाने खानाका परिकार र रैथाने बिउबिजन समेत लिई प्रदेश युवा सम्मेलन हुदैछ । जसले युवाहरुलाई कलासँस्कृतिको जर्गेना गर्ने अभियानमा ध्यान जानेछ र उनीहरुको सहभागीताले थप सहयोग पुग्ने कुरामा आयोजक विश्वस्त रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology