(Friday 30th of October 2026)
`

प्रथम कन्सल्टेन्सी फुटसलको उपाधी मानवीलाई

  • सगरमाथा गन्तब्य
  • 7.9K
    SHARES

    नेपालगन्ज : प्रथम कन्सल्टेन्सी खुल्ला फुटसल प्रतियोगिताको उपाधी मानवी फुटबल क्लब नेपालगन्जले जितेको छ। आइतवार नेपालगन्जको आदर्शनगरस्थित बागेश्वरी फुटसल मैदानमा सम्पन्न फाईनल खेलमा कोहलपुर-११ लाई एकको बिरुद्ध छ गोलले पराजित गर्दै मानवी क्लबले उपाधी जितेको हो। उपाधीसंगै मानवीले नगद रु. ३० हजार र उपबिजेता कोहलपुर-११ ले नगद रु. १५ हजार सहित पदक र कप प्राप्त गरे। मानवी क्लबका सन्तोष महतरा पतियोगिताका उत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै प्रतियोगिता अवधिभर १६ गोल गरेका भुपेन्द्र शाही ठकुरी सर्बाधिक गोलकर्ता भए भने गोकर्ण पुनमगर उत्कृष्ट गोलरक्षक घोषित भए। बिजयी खेलाडीहरुलाई रोयलका अध्यक्ष सुर्यमणी अधिकारी, सबिन घिमिरे, लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्य नरेन्द्र थापा, सेफका अभिषेक नेपाली, फुटबलकर्मी जनक केसी ज्ञानमणी अधिकारी लगायतले पुरस्कार, प्रमाणपत्र तथा ट्रफी प्रदान गरेका थिए। रोयल नेपालगन्ज क्लबको आयोजनामा शनिवारदेखी शुरु भएको प्रतियोगितामा २४ वटा टोलीको सहभागिता रहेको थियो।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology