नेपालगन्ज : बैजनाथमा संचालन भैरहेको प्रथम बैजनाथ महोत्सवको चौथो दिन चर्चित गायिका प्रिती आलेको गीतहरुमा महोत्सबका दर्शक रमाउँदै झुमेका छन् । शनिवार बैजनाथको महोत्सवमा चर्चित गायिका आलेले गाउनुभएको ¥याप ब्याटल दोहोरी गीत ‘आयो तेरो मिस चुबलाग साला थिस’ बोलको चर्चित गीत गाउँदा दर्शकहरु रमाउदै झुमेका छन् । महोत्सवमा गायीका प्रितीले गाउनुभएको चर्चित चर्चित गीतहरु ‘सोल्टी राजाको कम्मरमा पानी सोल्टी राजाको टुम्लेटमा पानी, आयो तेरो मिस चुपलाग साला थिस, आफ्नै बाटो लागहाल बरु बेर्थै पिंटाई भेट्लास है भाईहरु, डांडै माथी पिपल, सम्पत्ती न मेरो जींउडाल के को मायाजाल, त मेरो खुट्टाको जुत्ता’ लगायतका गीतहरु दर्शक माझ पस्कीनु भएको थियो । आलेका सबै गीतहरुमा दर्शकहरु चिच्याउदै हर्षाउल्लासका साथ रमाएका थिए ।
यस्तै महोत्सवमा चर्चित गायक हेमन्त शर्माको प्रस्तुतीमा पनि दर्शक भरपुर मनोरञ्जन प्रदान गरेका थिए । गायक शर्माले आफ्ना दर्जनौ गीतहरु प्रस्तुत गरि दर्शकलाई झुमी झुमी नचाएका थिए । यस्तै महोत्सवका आकर्षकमा विभिन्न खाले बालउद्यान, थारु गाउं, राष्ट्रिय तथा स्थानिय कलाकारको दमदार प्रस्तुतीका साथ साथै थारु गाउंमा थारु परिकारहरुको स्वाद लिन सकिने महोत्सवका संयोजक सुमन विश्वकर्माले जानकारी दिनु भएको छ । महोत्सव माघ २१ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ । शनिवार महोत्सवको उद्धोषण कोष बहादुर खड्का र शोभा त्रिपाठीले गर्नुभएको थियो । महोत्सवमा मोडल तथा डान्सर टिका जैसी लगायत द लेभल अफ डान्स ग्रुपको बेजोड प्रस्तुती रहेको थियो भने महोत्सवको आयोजना नेपाल घरेलु तथा साना उद्योग महासंघले गरेको छ ।
