(Friday 30th of October 2026)
`

च्यामाबासी आफ्नो बाटो आफै बनाऔं तर्फ श्रमदान गर्दै

  • सगरमाथा गन्तब्य
  • 6.9K
    SHARES

    नेपालगन्ज – बैजनाथ गाउँपालिका १ च्यामाबासीहरु हरेक बर्ष चौडा, ग्राभेल र पक्की बाटो नहुँदा सास्ती खेप्दै आएका छन् । २००६ सालमा बस्ती बसेको च्यामा गाउँमा अझै पनि सडकमा राम्रो ग्राभेल नहुँदा स्थानियवासीलाई बारम्बार बाटोका कारण सास्ती खेप्न परेको हो । बार्खायाममा हिलम्मे र गर्मीयामामा घुलम्मे हुने गरेको बाटोलाई स्थानिय सरकारले पहल नगर्दा सधै दुख झेल्नु परेको स्थानियवासीको भनाई छ । यति पुरानो बस्तीमा अझै पनि विकास हुन नसक्दा च्यामा गाउँलाई स्थानिय सरकारले अपहेलना गरेको स्थानियवासीको आरोप छ । च्यामा जोड्ने सडकमा आवतजावत गर्न एकदम कथिनाई हुन्छ स्थानिय गणेश दहितले भन्नुभयो । सानो झरीले पनि हिड्न मुस्किल पर्छ पानीको निकास छैन सडकभरी पानी जम्छ आवतजावत नै बन्द हुन्छ उहाँले भन्नुभयो ।
    स्थानिय सरकारले स्थानियवासीको समस्या नसुनेपछि च्यामाबासी जुरमुराएर हरेक घरधुरीबाट एकजना गरि आफ्नो सडक आफै बनाउ भन्दै सडक निर्माणमा जुटेका छन् । जति सके श्रमदान गरेर पनि बाटो निर्माणमा जुटेका छौं अर्का एक जना स्थानियवासी सन्तराम थारुको भनाई छ ।


    आफ्नो गाउँ ठाउँको बाटो विस्तार र मर्मतका लागि स्थानियवासीको एकरुपता कायम छ उहाँले भन्नुभयो । हामीले घरधुरीबाट एक जना गरि श्रमदानमा लागेका छौं १८ सय मिटरबाटो चौडा र माटो मिलान गर्ने कार्य जारी रहेको उहाँले बताउनुभयो । च्यामाको करिब ३८ घरधुरीले श्रमदान गरेर बाटो हिड्न लायक बनाएका छौं अर्का स्थानियवासी मंगलबहादुर थारुले भन्नुभयो ।
    सानो बर्षातले पनि गाउँमा जान आउन एकदम गाह्रो हुन्छ मोटरसाइकल, साइकल, अटो रिक्सा एम्बुलेन्स जान सक्ने अवस्था हुन्न उहाँले भन्नुभयो । बैजनाथ गाउँपालिका १ मा पर्ने च्यामा सडकको लागि गतसाल १ करोड बजेट छुट्याए पनि बजेट फ्रिज भएको स्थानियले जानकारी गराएका छन् । च्यामा हरेक बर्ष दुख दिने सडकलाई मर्मत नगर्नु पहुँचको कमी भएको स्थानियले आरोप लगाएका छन् । यस विषयमा जानकारी लिन बैजनाथ गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष रुप बहादुर मल्लसंग सम्पर्क गर्दा सम्पर्क हुन सकेन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology