(Friday 30th of October 2026)
`

बाँकेमा मेयर कप छात्र–छात्रा फुटबल प्रतियोगिता–२०८० हुँदै

  • सगरमाथा गन्तब्य
  • 5.3K
    SHARES

    नेपालगन्ज, १८ पुष – बाँके जिल्ला फुटबल संघको आयोजनामा माघको पहिलो सातादेखि मेयर कप छात्र÷छात्रा फुटबल प्रतियोगिता–२०८०हुने भएको छ । प्रतियोगिता माघ ७ देखि १४ गते सम्म नेपालगन्जमा हुनेछ ।
    प्रतियोगितामा बाँके जिल्लामा रहेको ८ वटा स्थानीय तहको विद्यालयहरुको छात्र÷छात्रा टिमहरुले सहभागिता जनाउने छन् ।
    प्रतियोगिता आयोजनामा नेपालगन्ज उप–महानगरपालिकाले आर्थिक सहयोग गरेको छ ।
    बुधबार प्रतियोगिता आयोजना बारेमा नेपालगन्ज उप–महानगरपालिका र बाँके जिल्ला फुटबल संघ बिच सम्झौता भएको छ । सम्झौता पत्रमा नेपालगन्ज उप–महानगरपालिका शिक्षा महाशाखाका उप–सचिव गोर्ख बहादुर थापा र बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्रीले हस्ताक्षर गरेका थिए ।
    नेपालगन्ज उप–महानगरपालिकाको आर्थिक सहयोगमा हुन लागेको प्रतियोगितामा करिब ४० विद्यालयहरुको सहभागिता रहने प्रतियोगिता संयोजक एवम् बाँके जिल्ला फुटबल संघका उपाध्यक्ष निर्मल चन्दले बताए । नेपालगन्ज उप–महानगरपालिकासँग सम्झौता भए लगत्तै प्रतियोगिताको तयारी तिव्र गतिमा अगाडी बढेको चन्दले जानकारी गराए ।
    बाँके जिल्ला फुटलल संघले विगतका वर्षमा मेयर कप जिल्ला स्तरीय छात्र–छात्रा प्रतियोगिता आयोजना गदै आएको थियो । कोभिड–१९ का कारण दुई वर्ष प्रतियोगिता हुन सकेको थिएन् । माघको ७ गतेबाट सुरु हुने प्रतियोगिताले विद्यालय स्तरबाट फुटबल खेलाडी उत्पादनमा सहयोग गर्ने अखिल नेपाल फुटलब संघका केन्द्रिय सदस्य एवम् बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताए ।
    उनले भने, ‘हामी निकै उत्साहका साथ विद्यालय स्तरको मेयर कप प्रतियोगिता आयोजना गर्न लागि रहेका छौं । यसले बाँके जिल्लाको फुटबल विकासमा योगदान गर्नेछ । प्रतियोगितालाई भव्य बनाउने तयारी गरिरहेका छौं । मेयर कपले बाँकेको विकासमा नयाँ सम्भावनाको उजागार गर्नेछ ।’
    नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १ स्थित एन्फाग्रास रुट फुटबल टे«निङ सेन्टरमा प्रतियोगिताका खेलहरु हुनेछ । नेपालगन्ज रंगशालामा सिन्थेटिकट्रयाक निर्माणको कामजारी रहेकोले प्रतियोगिता धम्बोझीमा गर्नु परेको बाँके जिल्ला फुटबल संघले जनाएको छ । प्रतियोगिताको विजेता टिमले २१ हजार, उपविजेताले ११ हजार र सर्वोत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने संघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology