नेपालगन्ज : यही कार्तिक २५ गते नेपालगन्जमा लुम्बिनी प्रदेश स्तरिय स्विमिङ्ग प्रतियोगिता आयोजना हुने भएको छ । नेपालगन्ज स्विमिङ्ग क्लबको आयोजनामा यही २५ गतेदेखि लुम्बिनी प्रदेश स्तरिय स्विमिङ्ग प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ, रुपन्देही र नवलपरासी जिल्लाका ५६ जना खेलाडीहरु सहभागि हुने आयोजकले बिहीवार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । प्रतियोगितामा अण्डर ८, १०, १२, १४ र १५ उमेर समहुका अतिरिक्त खुल्ला उमेर समुहका खेलाडीहरु विच प्रतिस्पर्धा हुने नेपालगन्ज स्विमिङ्ग क्लबका अध्यक्ष केशवराज न्यौपानेले जानकारी गराउनुभयो ।
प्रतियोगितामा अण्डर ८ र १० उमेर समुहका खेलाडीहरुले २५ मिटर दुरीमा प्रतिस्पर्धा गर्नेछन भने अन्य खेलाडीहरुले ५० मिटर दुरीमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको खुल्लामा भने वटरप्लाई र फ्रि स्टाइलमा प्रतिस्पर्धा हुने छ । प्रतियोगिताको उद्घाटन सत्रमा नेपाल पौडी संघका केन्द्रिय अध्यक्ष अशोक बज्राचार्य, महासचिव जगतमान श्रेष्ठ र लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जय प्रकाश भट्टराई लगायतका अतिथिहरु सहभागि हुने आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजक अम्बे स्टिल प्रालि रहेको छ भने प्रायोजकमा कनोडिया ट्रष्ट नेपालगन्ज उपमहानजरपालिका वडा नं. १८ रहेको छ ।
