(Friday 30th of October 2026)
`

दसैँको अवसरमा चिसापानीमा सरसफाइ अभियान

  • सगरमाथा गन्तब्य
  • 6.3K
    SHARES

    कोहलपुर– विजया दशमीको अवसरमा बैजनाथ–१, चिसापानीस्थित पुरानो वस्ती थारुगाउँमा सरसफाइ अभियान सञ्चालन गरिएको छ ।
    चिसापानी सडक बत्ती उपभोक्ता समितिको आयोजनामा आज (शनिबार) सरसफाइ अभियान सञ्चालन गरिएको होे ।
    कार्यक्रममा प्रमुख अतिथि बैजनाथ–१ का वडाध्यक्ष रुपबहादुर मल्लले सरसफाइ अभियान राम्रो कामको सुरुवात भएको बताए । ‘यो अभियानले आफ्नो वरपरको फोहोर आफैंले सफा राख्नुपर्छ भन्ने सन्देश दिएको छ,’ उनले भने, ‘हामी स्वास्थ रह्यौँ भने समाज र देश पनि स्वस्थ रहन्छ ।’
    फोहोर व्यवस्थापनका लागि गाउँपालिकाले ४० लाख छुट्याएको उनको भनाइ छ । व्यवसायीबाट फोहोर संकलकले दस्तुर उठाए पनि सर्वसाधारण नागरिकको फोहोर भने निःशुल्क उठाउने गरी सम्झौता भएको उनले बताए ।
    उपभोक्ता समिति अध्यक्ष तुलसीराम चौधरीले समाजमा जनचेतना जगाउने उद्देश्यले सरसफाइ अभियान गरिएको बताए । आफूहरूले सडक बत्तीको शुभारम्भसँगै अन्य विभिन्न किसिमका सामाजिक कामहरू पनि गरिरहेको बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology