नेपालगन्ज : सांग्रीला डेभलपमेन्ट बैंक लिमिटेड नेपालगन्जको क्षेत्रिय कार्यालय अब नेपालगन्जको बाइपास रोडमा सरेको छ । लामो समयसम्म नेपालगन्जको धम्बोझी चोकमा रहेर सेवा प्रदान गर्दै आएको साग्रीला बैंकले अब नेपालगन्जको बाईपास स्थित कार्यालयबाट सेवा प्रदान गर्ने भएको हो । क्षेत्रिय कार्यालय भएको स्थानमा भने साग्रीला बैंककै शाखा कार्यालय भई सेवा प्रदान गरिने बैंकका क्षेत्रीय प्रबन्धक जयन्द्र बहादुर खड्काले जानकारी गराउनुभयो । नेपालीहरुको महानपर्व दशैंको घटस्थापनाको दिन शुभ साईट पारेर भवनको पुजाआज गरि सुविधा सम्पन्न भवनमा सरेको बैंकको उद्घाटन नेपाल राष्ट्र बैंक लिमिटेड नेपालगन्जका निर्देशक गिरिजा प्रसाद कोइरालाले गर्नुभएको थियो । निर्देशक कोइरालाले रिबन र दियो बालेर साग्रीला बैंकको कार्यालय उद्घाटन गर्नुभयो । सुविधा सम्पन्न भवनमा तालिम हल, स्टापहरुको लागि गेष्टरुम, किचन सहित सुविधा भएको क्षेत्रिय निर्देशक खड्काले बताउनुभयो । नेपालगन्जको क्षेत्रिय कार्यालयले राप्ती, भेरी र कर्णालीको २५ शाखा हेर्ने गरेको छ ।

