(Saturday 25th of July 2026)
`

१ सय ६० जना प्रहरीको निशूल्क स्वास्थ्य चेकजाँच

  • सगरमाथा गन्तब्य
  • 7K
    SHARES

    जानकी (बाँके), १३ असोजः बाँकेको ईलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरी कर्मचारीहरुको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । ईप्रका बाँकेको आयोजना र कोहलपुर नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा शनिबार एकदिने निःशुल्क स्वास्थ्य शिविरमा प्रहरी कर्मचरी एवं प्रहरी परीवार सहित भूपु प्रहरीहरुको स्वास्थ्य जाँच गरीएको ईप्रका बाँकेले जनाएको छ ।
    चौबिसै घण्टा जनताको सुुरक्षामा खटीएका प्रहरी कर्मचारी आफनो स्वास्थ्य समस्या बारे अनबिज्ञ भएकाले प्रहरी कर्मचारीलाई निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरी स्वास्थ्य जाँच गरिएको ईलाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले बताउनुभयो ।
    प्रनाउ तिवारीले भन्नुभयो,‘चौबिसै घण्टा जनताको सुरक्षामा खटिएर आफ्नो डियूटि निभाउने प्रहरी आफ्नै स्वास्थ्य जाँचका विषयमा अनभिज्ञ भएकाले स्वास्थ्य शिविरको आयोजना गरेका हौं ।’ उहाँले भन्नुभयो,‘आम नागरिकको सुरक्षा प्रभावकारी ढंगले पुरा गर्न प्रहरी स्वयंम स्वस्थ रहन आवश्य छ ।’ प्रमुख अथितिका रुपमा रहनु भएका लुम्बिनी प्रदेश प्रहरी अस्पतालका निर्देशक एवं प्रहरी वरिष्ठ उपरीक्षक डा.अमिन कुमार श्रेष्ठले प्रहरी कर्मचारीहरु रातदिन जनताको सुरक्षाका लागि काम गर्दा आफनो स्वास्थ्य सुरक्षाका लागि सजग हुनुपर्ने बताउनुभयो । ‘जनताको सुरक्षार्थ खटिनका लागि सर्वप्रथम त प्रहरी स्वयम नै स्वस्थ्य हुन आवश्यक छ ।’ उहाँले भन्नुभयो । कार्यक्रममा भुतपुर्व प्रहरी कर्मचारी याम बहादुर गैरेले प्रहरीको स्वास्थ्य सुरक्षाका लागि ठुलो सहयोग पुग्ने बताउनुभयो । त्यसैगरी कोहलपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीले प्रहरीको निःशुल्क स्वास्थ्य जाँचका लागि स्वस्थ्य शाखा सधैं तयार रहेको बताउनुभयो । कोहलपुर नगरपालिका स्वास्थ्य शाखाद्धारा प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य जाँचका लागि मेडिकल अधिकृतको टिम, स्टाफ नर्सं, ल्याब टेक्निसियन उपलब्ध गराईएको थियो भने लुम्बिनी प्रदेश प्रहरी अस्पतालबाट विशेषज्ञ सहीतको टोलीले प्रहरीको स्वास्थ्य चेकजाँचमा सहयोग गरेका थिए ।
    प्रहरी कर्मचारीलाई कोहलपुर आँखा उपचार केन्द्रको सहयोगमा निःशुल्क आँखा जाँच गरिएको छ । त्यसैगरी ब्लडप्रेसर, ब्लडसुगर, दाँत लगाएत सामान्य स्वस्थ्य जाँच समेत गरिएको छ । सोही क्रममा ब्लडसुगर जाँच गर्दा ९ जना पुरुष प्रहरीको दुईसय भन्दा माथि समस्या देखा परेको छ भने सातजना प्रहरीको ब्लडप्रेसर हाई देखिनुका साथै चार जनाको ब्लडप्रेसर लो देखिएको छ । कोहलपुर ईलाका प्रहरी कार्यालयको मातहतमा २२ वटा प्रहरी चौकी रहेको छ । जस्मा दुईसय १६ जना प्रहरी कार्यरत छन् । आज भएको स्वास्थ्य जाँचमा प्रहरी कर्मचरी एवं प्रहरी परीवारहरुसँगै भूतपुर्व प्रहरीहरुको निःशुल्क स्वास्थ्य जाँच १ सय ६० जनाले चेकजाँच गराएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology