नेपालगन्ज : बाँसगढी वर्दियाका रामचरण थारूले छोरीको जन्मदिन पारेर जीवन विमा उपहार दिएका छन् । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड शाखा कार्यालय बासगढीबाट राम चरण थारूले आफ्नो छोरी रिनु कुमारी थारुको १६ लाख बराबरको जीवन विमा गरिदिएका हुन । वर्दिया वासगढी नगरपालिका अन्तरगत घर भएका रामचरण थारुले छोरी रिनु कुमारी थारुको जन्मदिनको अवसर पारेर जीवन विमा गरेर उदाहरणिय कार्य गरेको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड बाँसगढी शाखाका ब्रान्च म्यानेजर गणेश कुमार चौधरीले जानकारी दिनुभयो ।
उहाँले समाजका लागी जीवन विमा अपरिहार्य रहेको भन्दै आर्थिक जोखिम न्यूनीकरणमा महत्वपूर्ण भूमिका रहने बताउनुभएको छ । हरेक व्यक्तिले जन्मदिनमा पार्टीगरेर ठूलो रकम खर्च गर्नु भन्दा आफ्ना सन्तानका लागी जीवन विमा गरेर आर्थिक जोखिम तथा नियमित वचत उचित हुने तर्फ ध्यान दिनुपर्ने जरूरी रहेको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड कर्णाली प्रदेश, उप क्षेत्रीय कार्यालय नेपालगंजका प्रमुख तेजेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

