(Friday 30th of October 2026)
`

सगरमाथा ई.बो. स्कूलद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत

  • सगरमाथा गन्तब्य
  • 9K
    SHARES

    नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ कारकाँदो स्थित रहेको सगरमाथा ई.बो. स्कुल तथा कलेजले कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत गरेको छ । कलेजले आफ्नो स्कूलमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई शनिबार नेपालगन्जमा एक कार्यक्रमका बीच स्वागत गरेको हो ।


    कार्यक्रममा बोल्दै राष्ट्रिय परिक्षा बोर्ड शाखा कार्यालय कोहलपुरका शाखा अधिकृत भगवानदाश यादवले सगरमाथा स्कुल तथा कलेज नेपालगन्जले स्थापनाकालदेखि नै राम्रो नतिजा ल्याउँदै आएको बताउनुभयो । विद्यालयले आफ्नो शैक्षिक शिक्षालाई कसरी निखारता ल्याउने भन्ने विषयमा सहज बनाउदै गएको उहाँले बताउनुभयो । उच्च शिक्षा हासिल गर्न, शैक्षिक क्रियाकलापलाई निखरता लाउन यहाँहरुको सपना बिद्यालयले पूरा गर्नेमा उहाँ विश्वस्त रहेको भन्नुभयो । कुनै पनि विद्यार्थीले लक्ष्य निर्धारण गर्न, मेहनत गर्न आवश्यक रहेको शाखा अधिकृत यादवले भन्नुभयो । कोट र सुट लगाएरमात्र विद्यार्थी नहुने र त्यसका लागि सकारात्मक सोच, क्षमता, अनुशासन लगाएतका विशेषता हुनुपर्ने उहाँको भनाइ थियो ।


    कार्यक्रम बोल्दै विद्यालयका एमडि कौशल कुमार पाण्डेयले विद्यालयलाई फरक सोच, योजना र लक्ष्य अनुरुपले अगाडि बढेको बताउनुभयो । १३ जना विद्यार्थीबाट सुरु गरिएको कलेजमा अहिले १७५ विद्यार्थी रहेको उहाँले जानकारी गराउनुभयो । यो नै हामं्रो लक्ष्य प्राप्तीको उपलब्धी रहेको कुरा उहाँले जिकिर गर्नुभयो । कुनै ब्यक्ति अगाडि बढ्नलाई सीप, ज्ञान, क्षमता र मेहनत उत्तिकै महत्वपूर्ण रहने उहाँले बताउनुभयो । कार्यक्रममा विद्यालयले विद्यार्थीहरुलाई अबिर र खादा लगाएर स्वागत गरेको थियो । स्वागत कार्यक्रममा कक्षा ११ र कक्षा १२ का विद्यार्थीहरुले विभिन्न किसिमका कला प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology