(Friday 30th of October 2026)
`

प्रकृति र बन्यजन्तु संरक्षरण तथा सुरक्षा सम्बन्धि चेतना अभिबृद्धिका लागि प्रर्दसनी स्टल अवलोकन

  • सगरमाथा गन्तब्य
  • 6.5K
    SHARES

    नेपालगन्ज : बाँके राष्ट्रिय निकुञ्ज सुरक्षामा खटिएको नेपाली सेनाले प्रकृति र वन्यजन्तु संरक्षण तथा सुरक्षा सम्बन्धि चेतना अभिबृद्धिका लागि नयाँ अभ्यास थालेको छ । निकुञ्ज मध्यवर्ति क्षेत्र अन्तर्गत राप्ती सोनारी – ८ अन्तर्गतका विद्यालयका छात्रछात्रालाई सहभागी गराएर प्रकृति संरक्षण तथा वन्यजन्तुको सुरक्षाबारे जानकार भई जागरुक गराउने उद्देश्यले शुक्रबार निकुञ्ज सम्बन्धि चित्रकला प्रतियोगिता तथा स्न्याप प्रश्न उत्तर कार्यक्रम गरेको छ । विद्यालयका छात्रछात्रालाई निकुञ्जको सुरक्षा र मध्यवर्ति क्षेत्रका स्थानियबासिन्दासँगको सम्बन्धबारे जानकारी दिनको लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बाँके राष्ट्रिय निकुञ्ज सुरक्षामा खटिएको अर्जुन बाणगणका गणपति प्रमुख सेनानी अशोक खड्काले जानकारी दिनुभयो ।


    चित्रकला प्रतियोगितामा राप्ती सोनारी– ८ स्थित शिवशक्ति माविकी छात्रा रोजीना थारु प्रथम, भगवती आधारभूत विद्यालयका छात्र यमलाल कुवँर द्वितिय, शिव शक्ति मध्यामिक विद्यालयका छात्रा समिक्षा थारु तृतिय र चौथो पुरस्कार भगवति आधारभूत विद्यालयका छात्रा वेसिना पुनले प्राप्त गरेका थिए । प्रतियोगितामा विजेता छात्रछात्रालाई राप्ती सोनारी ८ का वडा अध्यक्ष शालिकराम डाँगी, बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत उत्तम चौधरी, मध्यवर्ति क्षेत्र ब्यवस्थापन समितीका अध्यक्ष गेहेन्द्र कुमार खड्कालगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।


    कार्यक्रममा राप्ती सोनारी ८ अन्तर्गतका ५ वटा विद्यालयका १०९ जना छात्रछात्रालाई सहभागिता गराएको प्रमुख सेनानी खड्काले जानकारी दिनुभयो । साथै विद्यार्थीसँग कार्यक्रममा उपस्थित भएका शिक्षकहरुलाई सम्बन्धित विद्यालयको पुस्तकालयमा राखेर अध्ययनका लागि संरक्षणका क्षेत्रमा काम गरिरहेको विभिन्न संघ संस्थाको सहयोगमा निकुञ्ज र वन्यजन्तु संरक्षण सम्बन्धित पुस्तकहरु पनि उपलब्ध गराईएको थियो । चित्रकला प्रतियोगिता तथा स्नायप प्रश्न उत्तर कार्यक्रमका लागि बाँके राष्ट्रिय निकुञ्ज कार्यालय तथा संरक्षण साझेदार संस्थाहरु जेडएसएल नेपाल, हिमालयन नेचर, तराई भुपरिधि कार्यक्रम (ताल) लगायतले सहकार्य गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology