(Friday 30th of October 2026)
`

नेपाल मुस्लिम ईत्तेहाद संगठनको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः शकिल खान

  • सगरमाथा गन्तब्य
  • 18.2K
    SHARES

    नेपालगन्ज : बाँकेको नेपालगन्जमा नेपाल मुस्लिम ईत्तेहाद संगठनको प्रथम लुम्विनी प्रदेश अधिवेशन सम्पन्न भएको छ । नेकपा एमाले सम्वद्ध नेपाल मुस्लिम ईत्तेहाद संगठनको प्रथम लुम्विनी प्रदेश अधिवेशन बिहिवार नेपालगन्जको विपी चोकस्थित सिएसटी होटलमा सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै केन्द्रिय अध्यक्ष सिराज महमद फारुकीले देशकै जेठो मुस्लिम संगठनको रुपमा स्थापित इत्तेहाद संगठन समुदायको हक अधिकारका निमित्त क्रियाशिल रहदै आएको जानकारी गराउर्दै मुलुकमा राजनीतिक परिवर्तन भएपनि आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन हुन नसकेको भन्दै अधिकार प्राप्तिको निम्ति मुस्लिम समुदाय एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ । वर्तमान परमादेश सरकारले देश र जनताको पक्षमा काम गर्न नसकेको उहाँको भनाई रहेको छ । इत्तेहाद संगठनको हकहितका लागि आफू सँधै तयार रहने उहाँले बताउनुभयो ।


    बाँके क्षेत्र नं २ को नेकपा एमाले संघिय सांसद सुर्य ढकालले राज्यका हरेक निकायमा मुस्लिम समुदायको सहभागीता सुनिश्चित गरिनुपर्ने बताउनुभयो । मुस्लिम समुदाय पिछडा परेको र विभेद कायमै रहेकाले अधिकार प्राप्तिको निम्ति संघर्ष गर्नुपर्नेमा जोड दिनुपर्ने बताउदै मुस्लिम समुदायको हकहितका लागि सधै तम्तयार रहने प्रतिबद्धता जाहिर गर्नुभयो ।
    नेपाल मुस्लिम ईत्तेहाद संगठनका प्रदेश अध्यक्ष शकील अहमद खानको अध्यक्षतामा भएको अधिवेशनमा प्रदेशका १२ जिल्लाबाट प्रतिनिधी र पर्यबेक्षक गरि दुई सय भन्दा बढीको सहभागिता रहेको थियो । यस्तै नेपाल मुस्लिम इत्तेहाद संगठन प्रथम प्रदेश स्तरीय अधिवेशनबाट पुनः शकिल खानल निर्बिरोध निर्वाचित हुनुभएको छ । यस्तै उपाध्यक्षमा अनवर मोहम्मद मुसलमान, सचिवमा अब्जल अलि, उपसचिवमा नग्मा सिद्दिकी चयन भएका छन् । यस्तै सदस्यमा अउओकर शेष, हसिबुल्ला शेष, कलिमुन निसार, अतिउल्ला खान, निसार अहमद लगायत ३५ सदस्य निविरोध चयन भएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology