(Friday 30th of October 2026)
`

नेपालगन्ज जमुनाहा नाकामा दशैतिहारको जोहो गर्न भारत जाने नेपालीको लर्को

  • सगरमाथा गन्तब्य
  • 12K
    SHARES

    आशा परियार – नेपालगन्ज : देशमा रोजगारीको व्यवस्था नहुँदा रोजगारीका लागि नेपाल भारत सिमानाका जमुनाहा हुदै भारत कमाउन जाने नेपालीको ठुलै संख्यामा लर्को लाग्ने गरेको छ । असारे खेतीबाली सकेर परिवारको आश्यकता पुरा गर्न दिनानु हजारौं संख्यामा नेपालीहरु भारततर्फ जाँदै गरेको दृश्य जमुनाहा नाकामा देखिने गरेका छन् । सोमवार बढैयाताल गाउँपालिका वडा नं २ बर्दियाका खटराज बुढा बाध्यताको झोला बोकेर हसाङ्ग फसाङ्ग गर्दै नेपाल–भारतको सिमा नाका जमुनाहमा भेटिनुभयो । नेपालगन्जको चर्को गर्मी शरिरभरि पसिनै पसिना खटराजले पसिना पुच्दै असारे खेतीबाली सकेर दशै तिहारको जोहो गर्न भारतको सिमला जान लागेको बताउनुभयो । बर्षमा ६ महिना नेपाल त ६ महिना भारतमा बिताएर परिवारको छाक र आवश्यकता टार्न उहाँको दिनचर्या यसरीनै चलिरहेको छ । झट्ट हेर्दा ६० बर्ष भन्दा बढी उमेर देखिने उहाँ करिब ३०÷३५ बर्षदेखिको यात्रा यसै गरि चलिरहेको बताउनुहुन्छ ।
    नेपालगन्जको चर्को गर्मी त्यहीमाथी परिवारको आवश्यकता र बाध्यताको झोला बोकेर भारतिय बस छुट्छ की भनि हतार हतारमा हसाङ्ग फसाङ्ग गर्दै हिडिरहनुभएको उहाँलाई सोध्दा आफु बर्षौदेखि नेपाल देखि भारत त कहिले भारत देखि नेपाल रोजगारीको शिलशिलामा आउँदैजाँदै गरेको बताउँनुभयो । उहाँ अहिले पनि सधै झै झोला बोकेर भारत सिमला मजदुरीको लागी जादैं हुनुहुन्छ । “नेपालमै केही गरौ सरकारले ऋण दिन्न न त भने व्यवस्थित काम नै पाइन्छ ।” नेपालमा जति काम गरेपनि राम्रो पारिश्रमिक नपाउँने पाएपनि ठेकदारले ठगेर पैसानै नदिने उहाँले गुनासो पोख्नुभयो । सरकारले समेत यस्ता बिषयमा चासो नदिदा बर्षौ देखी भारतीय नागरिकबाट हेलाको पात्र हुन बाध्य भएको उहाँले गुनासो व्यक्त गर्नुभयो । “घरपरिवार छोडेर अर्काको देशमा काम गर्न जाने रहर त कसलाई हुँदो हो तर, गुजाराका लागि जानैपर्ने बाध्यता छ उहाँले भन्नुभयो ।”


    यसैगरी सुर्खेत मेनपुरका कालु ओली पनि असारे खेतीबाली लगाएर परिवारको छाक टार्न भारतमा मजदुरीका लागि जानलाई जमुनाह सिमानाका पुग्नुभएको छ । घरमा स्कुल पढ्ने छोराछोरी छन् पढाउनलाई र दशै तिहारको जोहो गर्न भएपनि भारत जानुपर्ने बाध्यता भएको कालुले बताउनुहुन्छ । उहाँले निराश अनुहार बनाउदै भन्नुभयो “हाम्रो देशमा व्यवसाय गर्न पनि लगानी चाहिन्छ लगानी सरकारले लगाई दिन्न बाध्यताले भारतमा मजदुरी गर्न परेको उहाँले बताउनुभयो । “नेता भनाउँदाले आफ्नो कार्यालय र घर मात्र सजाउँनमा व्यस्त छन् हाम्रो पिडा र मर्म किन बुझ्थे र ? ।” नेताहरुले घर छोडेर हामी जस्तै कमाउन बिदेशीनु परे पो थाहा हुन्थ्यो होला उहाँले भन्नुभयो ।“ नेपालमा राम्रो रोजगारको व्यवस्था नभएकोले भारत जानुपर्छ नत्र हामीलाई पनि घर छोडेर भारत जान कहाँ मन लाग्छ र ? हामी जस्ता बुढालाई न त लेखापढी गर्न आउँछ । सिमलामा गएर मजदुरी गर्न बाहेक अरु बिकल्प छैन । कि गर्नु प¥यो कि मर्नु प¥यो ।” उहाँले पसिनाले भरिएको अनुहार पुच्दैं भन्नुभयो ।
    यसैगरी रोजगारीका लागी भारत जार्दै गर्नुभएका बिजय खडका दशै तिहारको जोहो गर्न घर छोडेर हिडेको बताउनुभयो । नेपालमा रोजगारीको अभाव रहेको र स्वरोजगारका लागि सीप र लागतको अभावले रोजगारीका लागि बर्षै पिच्छे भारत जानुपरेको बिजयले बताउँनुभयो । “आफूसँग हातमा सीप छैन, व्यापार–व्यवसाय गर्न लगानी छैन, अनि महिनादिन ढुक्कले काम गर्ने रोजगारी पाइँदैन । त्यसैले बाध्यताले गर्दा भारतमा मजदुरी गरेर बस्नुपरेको छ ।” आफ्नै गाउँठाउँमा बस्ने रहर त सबैलाई हुन्छ तर यहाँ काम पाइँदैन । प्रत्येक चुनाबमा अब देश परिवर्तन हुन्छ की ? अब हाम्रा दिन आउछ की भनेर आशा गर्छौ तर हाम्रो आशा निराशामा परिणत भईदिन्छ ।” बिजयले भन्नुभयो ।


    भारतमा केही महिना काम गरेर दशै तिहार मनाउन पुनः घर फर्किने उहाँले बताउनुभयो । उहाँको साथमा १०÷१५ जना युवाहरुको जमात थियो । उक्त युवाहरुको गन्तव्य भनेकै नेपालदेखि भारत र भारत देखि नेपालको रहेछ । असारे खेतीबाली लगाएर परिवारको आवश्यकता पुर्ती गर्न रोजगारीको शिलशिलामा दैनिक भारत तर्फ जादै गरेको सयौ बढीे नेपाली नागरिकको घुइचो नेपाल–भारत सिमानाका जमुनाहमा देखिने गरिन्छ । भारतिय बस छुट्छ की भनि हतार हतारमा हसाङ्ग फसाङ्ग गर्दै झोला बोकेर कामका लागि पुनः भारत हिँडेको अवस्थामा नेपाली नागरिक नेपाल–भारत सिमानाका जमुनाहमा देखिएका हुन् । जनताको हक हितकालागी बर्षैपिछ्छे छुट्याईने बजेट जनताको हकहितमै प्रयोग नहुँदा लाखौं नेपाली भारतमै निर्भर रहने गरेका छन् । पुस्तौ देखी दशै तिहारको जोहो गर्न भारततर्फ जाने नेपाली नागरिकलाई स्वरोजगार बनाउन राज्यले देशभित्रै रोजगारीको अवसर सिर्जना गर्न जरुरी छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology