नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाले आजदेखि चौबिसै घण्टा निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाभित्र गरिब, असहाय, प्रसुती सेवा लिने महिला, अपांगता भएका, जेष्ठ नागरिक र आकस्मिक सेवाका विरामीलाई घरदेखि अस्पतालसम्म पु¥याउन सोमवारदेखि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरिएको हो । निःशुल्क एम्बुलेन्स सेवा सुभारम्भ कार्यक्रममा बोल्दै नगर प्रमुख प्रशान्त विष्टले विरामीहरुको अस्पतालसम्म सरल र सहज पहुँचका लागि निःशुल्क एम्बुलेन्स सेवा संचालन गरिएको बताउनुभयो ।
अस्पतालसम्म पुग्न विरामीले कुनै कठिनाई भोग्न नपरोस् भन्ने उद्देश्यले हामीले यस्तो सेवा प्रवाह गरेका हौं नगर प्रमुख विष्टले भन्नुभयो । स्थानीय सरकार जनताको सुखदुःखमा संगसंगै हुनुपर्दछ भन्ने हाम्रो मान्यता हो,” उहाँले भन्नुभयो (”चौबिसै घण्टा उपमहानगरनगरपालिकाको कार्यालयभित्र एम्बुलेन्स स्ट्याण्डबाई रहन्छन्, हामीले प्रदान गरेको मोबाइल नम्बरमा सम्पर्क गरेपछि विरामीलाई समयमै अस्पताल पु¥याउने व्यवस्था गरेका छौँ । उपप्रमुख कमरुद्दिन राईले आकस्मिक विरामीहरुको सहजताका लागि एम्बुलेन्स सेवा प्रभावकारी हुने बताउनुभयो ।
स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले लुम्बिनी प्रदेशमै बाँकेमा उच्च रहेको मातृशिशु मृत्युुदर घटाउन एम्बुलेन्स सेवा प्रभावकारी हुने विश्वास ब्यक्त गर्नुभयो । हरेक बर्ष ढिलो अस्पताल पुगेकै कारण मातृशिशुको मृत्यु हुने गरेको छ यसलाई रोकथाम तथा न्युनिकरणको लागि एम्बुलेन्स सेवा लाभदायी हुनेमा विश्वस्त रहेको उहाँले बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले निःशुल्क एम्बुलेन्स सेवाले नगरवासी लाभान्वित हुने बताउनुभयो । कार्यक्रमको संचालन स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक राजन शाहीले गर्नुभएको थियो । हाल नेपालगन्ज उपमहानगरपालिका कार्यालयभित्र ३ वटा एम्बुलेन्स स्ट्याण्डबाई रहने छन् । यसलाई थप गरि ५ वटा एम्बुलेन्स निशुल्क संचालनमा ल्याउने नगरपालिकाले जनाएको छ । हाल नेपालगन्जमा २० वटा एम्बुलेन्स संचालनमा रहेका छन् ।
